Birat Post शुक्रबार, आषाढ १७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

अधितम तराइका क्षेत्रमा लाग्ने हैजाले यस पटक काठमान्डौलाई समेत धक्का दिएको छ । नेपालका विभिन्न भागमा हैजाका बिरामीहरू भेटिने गरेका छन् । काठमान्डौंमा लागेको हैजाले देशभरका मानिसहरुलाई पनि नभेट्ला भन्न सकिन्न । विशेष सावधानी नअपनाए स्थिति भयावह हुनसक्ने चेतावनीसमेत विज्ञहरूले दिइ सकेका छन् ।

हैजा के हो, कसरी लाग्छ ?

यो गम्भीर प्रकृतिको झाडापखाला हो । यो भिब्रियो कलेरा नामक जीवाणुका कारण लाग्छ । हैजा लागेमा निरन्तर पातलो चौलानीजस्तो दिसा लाग्छ । जसकारण शरीरमा सोडियम, क्लोराइड (इलेक्ट्रोलाइट्स) जस्ता तत्वहरूको अभाव हुन्छ । समयमै उपचार नभएमा बिरामीको ज्यानै पनि जान सक्छ ।

यसमा पेट दुख्ने र ज्वरो आउने जस्ता लक्षणहरू देखिँदैन । हैजा लागेका प्रत्येक १० व्यक्तिमध्य एक जनामा गम्भीर प्रकृतिको लक्ष्यण देखिने गर्दछ । लक्षण बिनै संक्रमण भएको व्यक्तिमा दिसामार्फत निरन्तर जीवाणु बाहिर निस्किन्छ ।

लक्षणहरू :

संक्रमण भएको केही घण्टादेखि पाँच दिन भित्र यसका लक्ष्यणहरू देखिन्छन् । हैजा लागेका व्यक्तिमा यस्ता लक्षणहरू देखिन्छन् ।

– निरन्तर अधिक पातालो दिसा लाग्नु
– पटकपटक वान्ता आउनु
– पेट वा खुट्टाको मासपेशी बाउडिनु
– आँखा गढ्नु, छाला चाउरी पर्नु
– धेरै तिर्खा र थाकान लाग्नु
– धेरै कमजोरीका कारण वेहोस हुनु

रोकथामका उपाय

– सरसफाइमा ध्यान दिने
– संक्रमित व्यक्तिको सम्पर्कमा आउँदा सावधानी अपनाउने
– फोहोरमैलाको व्यवस्थापनमा ध्यान दिने
– खाना खानु अघि र शौचालयको प्रयोग गरेपछि साबुन पानीले हात धुने
– सकेसम्म उमालेको पानी पिउने
– फलफुल तथा तरकारीको प्रयोग गर्नु अघि सफा पानीले पखाल्ने
– पानीको मुहान सफा राख्ने
– शौचालयमा मात्र दिसापिसाब गर्ने

उपचार

– पुनर्जलीय झोलको सेवन गर्ने
– चिकित्सकको परामर्श लिने

हैजा फैलिएको स्थानमा जो कोहीमा संक्रमणको जोखिम उच्च हुन्छ । यस्तो अवस्थामा समुदायस्तरमै हैजाविरुद्धको खोप दिएर स्थितिलाई नियन्त्रण गर्न सकिन्छ ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल