Birat Post सोमबार, आषाढ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

मोरङ,२७ असार ।

नेपाल भाषालाई घर-घरमा बोलचालकारुपमा प्रयोग गर्न भाषा विज्ञहरुले सुझाव दिएका छन् । नेपाल भाषा सम्पूर्ण नेपालीको भाषा भएकोले यसलाई संरक्षण गर्नुपर्ने सुझाव सहभागीहरुले दिएका हुन् । प्रदेश नं १ पर्यटन तथा संस्कृति मन्त्रालय तथा झिःपुच (नेपाल भाषा तथा सांस्कृतिक सङ्घ) विराटनगरद्वारा संयुक्त रुपमा आइतबार आयोजित नेवार जातिको भाषा लिपि संरक्षण सम्वन्धी गोष्ठीमा सहभागीहरुले नेपाल भरि छरिएर रहेका नेवार समुदायले आफ्नो घरमा परिवारका सदस्य एवं बालबालिकासँग नेपाल भाषाको प्रयोग गर्न जोड दिएका छन् ।

पर्यटन तथा संस्कृति मन्त्री खिनु लङ्वा लिम्वुले प्रदेशमा नेपाल भाषा आगामी दिनमा लोप हुने अवस्थामा रहेकोले यसको संरक्षण गर्न लाग्नुपर्ने बताए । नेपाल भाषाको अनौपचिारक शिक्षाको कक्षा सञ्चालन गर्न र नेवार समुदायले घरघरमा बोलचाल रुपमा यो भाषालाई प्रयोगमा ल्याउन उनले सुझाव दिए । झिःपुचका सभापति हरिप्रसाद श्रेष्ठ, कार्यक्रम संयोजक भविष श्रेष्ठ, नेवार महिला सगठनकी केन्द्रीय उपाध्यक्ष रश्मिला प्रजापति,सुरेश श्रेष्ठ ,झिःपुचका संरक्षक राजन श्रेष्ठ लगायतले नेवार भाषा र संस्कृति राष्ट्रको गहना भएकोले यसको संरक्षण गर्नुपर्ने धारणा राखेका छन् ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय नेपाल भाषा केन्द्रीय विभागका प्रमुख डा. राजनलाल जोशीले नेपालका नेवारका नेपाल भाषा र लिपिको राष्ट्रिय आवश्यक्ता र गणेश वज्राचार्यले झिःपुचले विगतका वर्षमा गरेका कार्यहरुका सम्वन्धमा कार्यपत्र प्रस्तुत गरेका थिए । प्रदेश १ मा नेवार समुदायहरुको जनसङ्ख्या एक लाख ८४ हजार रहेको कार्यक्रममा जानकारी दिइयो ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल