Birat Post आइतबार, भाद्र १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ भदौ।
विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ ।
महानगरको सभाहलमा आइतबार आयोजित कार्यक्रममा महानगरका मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की र प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले शुभकामना व्यक्त गरे । मेयर कोइरालाले सामूहिक रुपमा चाडपर्व मनाउँदा आपसी सम्बन्ध प्रगाढ हुने बताए । उनले तीजलाई मर्यादित र अनुशासित रुपमा मनाउनुपर्नेमा जोड दिए । “अहिले हाम्रा चाडपर्वको मौलिकता हराउँदै गएको छ,” उनले भने, “तीज मनाउने नाममा केही विकृति पनि देखिन थालेको छ, समाजका लागि यो राम्रो होइन ।
उपमेयर कार्कीले साथीभाइ, दिदीबहिनी भेला भएर सामूहिक रुपमा रमाइलो गर्ने पर्व तीजको छुट्टै विशेषता र महत्व रहेको बताइन् । तीजले महिला दिदीबहिनीको सम्बन्धलाई प्रगाढ बनाउने उपमेयर कार्कीको भनाइ थियो । “तीजले दिदीबहिनीहरुको सम्बन्धलाई प्रगाढ बनाउँछ,” उपमेयर कार्कीले भनिन्, “पछिल्लो समय तीज खर्चिलो र भड्किलो हुँदै गएकोमा यसलाई चाहिं रोक्नुपर्छ ।” प्रमुख प्रशासकीय अधिकृत उमेश बस्नेतले तीजले समाजलाई जोड्ने बताए । महानगरका सबै महिला कर्मचारीहरुले सामूहिक रुपमा तीज मनाउँदा आपसी चिनजानसँगै संस्थागत एकतामा बल पुगेको विचार व्यक्त गरे ।
समारोहमा महिला कर्मचारीहरुसँगै मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृतसमेत तीजका गीतमा नाचेका थिए । महानगरले शुभकामना आदानप्रदानसँगै दर खाने कार्यक्रमसमेत राखेको थियो ।

÷ विराटनगर महानगरपालिकाले नेपाली महिलाहरुको चाड हरितालिका तीज पर्वका अवसरमा शुभकामना आदानप्रदान आयोजना गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
एलन मस्कलाई छोराले हिर्काए, दाहिने आँखा माथीको भागमा देखियो कालो धब्बा
किराँत याक्खा छुम्मा महानगर अध्यक्षमा प्रेम देवान
राजसंस्था पक्षधरको सडकमा तीन दिनः दबाब बढाउदै नेताहरू

सम्पर्क

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल