Birat Post बिहिबार, माघ २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,२६ माघ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको दोहोरो राहदानी प्रकरणमा जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले कागजात संकलन सुरु गरेको छ ।

जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंका प्रमुख अच्युतमणि न्यौपानेका अनुसार मंगलबार जाहेरी परेपछि सो विषयमा अनुसन्धान गर्न आवश्यक कागजात संकलन सुरु गरिएको हो । जिल्ला प्रशासन कार्यालय, अध्यागमन विभाग र राहदानी विभागबाट एकैसाथ कागजात मगाएर अनुसन्धान थालिएको हो । प्रमाण संकलन भएर पुष्टि भएपछि मात्रै जाहेरी दर्ताका लागि जिल्ला प्रहरी परिसर, काठमाडौंमा पठाइने तयारी भएको प्रमुख न्यौपानेले जानकारी दिए ।

निवर्तमान उपप्रधान तथा गृहमन्त्री लामिछानेले कायम नभएको नागरिकता चलाएको र झुठा विवरण दिएर राहदानी बनाएको भन्दै युवराज पौडेलले जिल्ला प्रहरी परिसरमा जाहेरी दिन खाजे पनि दर्ता नभएपछि सरकारी वकिल कार्यालयमा पुगेर जाहेरी दिएका थिए । माघ १३ गते सर्वोच्च अदालतले प्रक्रिया अनुसार नागरिकता नलिएको भन्दै लामिछानेलाई सांसद बन्न अयोग्य रहेको भन्ने फैसला गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल