Birat Post आइतबार, फाल्गुण १४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,१४ फागुन ।
सन्दीप लामिछानेका कानून व्यवसायीले ‘पीडित’ का नाममा मनगढन्ते कथा लेखेर अदालतलाई प्रभावित पार्न खोजिएको आरोप लगाएका छन् । आज हुने सुनुवाइमा पनि यो विषयलाई महत्वका साथ उठाउने उनीहरूको तयारी छ ।

उच्च अदालत पाटनले सन्दीपलाई धरौटीमा छाड्ने आदेश दिएपछि उनी राष्ट्रिय टीममा फर्केका थिए । सरकारी पक्षले थुनामै राखेर पुर्पक्ष गर्न माग गर्दै गरेको पुनरावेदन र सन्दीपले आफूमाथि विदेश भ्रमणमा लगाएको रोक हटाउन गरेको निवेदनमाथि आज सुनवाइ हुँदैछ । आज हुनसक्ने सम्भावित फैसला प्रभावित पार्ने हेतु मिडिया ट्रायल भइरहेको सन्दीपका वकिल सरोज घिमिरेले बताए ।

‘विचाराधीन मुद्दामा कुनै पनि मिडियाले यसरी पीडितका नाममा एकपक्षीय विवरण र मनोवाद लेख्न पाउँदैनन्, यो विषयलाई आज हामी अदालतमा बलियोसँग उठाउने छौं,’ उनले भने । अदालतको फैसला नहुँदै बलात्कारीका रूपमा चित्रण गरेर लेख्नेहरूविरुद्ध मानहानीको मुद्दा हाल्नसक्ने पनि उनले चेतावनी दिएका छन् ।

‘आज के आदेश आउँछ, त्यसलाई हेरेर हामी आवश्यक कदम चाल्नेछौं,’ उनले भने । घिमिरेले प्रतिवादीलाई मात्र नभएर वादीलाई पनि मुद्दासँग सम्बन्धित विषयमा अन्तर्वार्ता दिँदै हिँड्ने हक नहुने उल्लेख गरे । सन्दीपले गरेको निवेदनमा पनि आफ्नो व्यक्तिगत गोपनीयताको हक संरक्षण गर्न अपिल गरेका छन् । ‘कुनै पनि मुद्दामा प्रतिवादीका पनि निश्चित अधिकारहरू हुन्छन्, त्यसलाई राज्यले संरक्षण गर्नुपर्छ । आरोप लाग्नासाथ अपराधीको व्यवहार गर्न पाइँदैन,’ उनले भने ।
– केन्द्रबीन्दु

सम्बन्धित

ताजा अपडेट
काठमाडौँ किन आइपुगे पूर्वनवयुवराज हृदयेन्द्र
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल