Birat Post शुक्रबार, चैत्र ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

स्वस्तिका पोखरेल

विराटनगर,३ चैत

पुष्पलाल चोक छेउमा रहेको पुल निर्माण कम्पनीको लापर्बाहीका कारण भत्किएपछि स्थानियले सास्ती बेहोरी रहेका छन् । जसका कारण सधै व्यस्त रहने सडकमा हिड्नेहरुले दु:ख पाउने गरेका छन् ।

पुष्पलाल चोक घिनाघाट विराटचोक सडक खण्ड अन्तरगत चालु बाटो भत्किदा अत्यावस्यक कामहरुमा बाधा खडा भएको छ । यो समस्या तत्काल समाधान गर्न माग गर्दै स्थानियहरु आन्दोलित भएका छन् । उनिहरुले स्थानिय बसन्त हुमागाइको संयोजकत्वमा संघर्ष समिति गठन गरेका छन् ।

अध्यक्ष हुमागाईले निर्माण कम्पनी संगै मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराईलाई भेटेर तत्काल समस्याको समाधानको उपाय खोज्न आग्रह गरेका छन् । उनले तत्काल डाइभर्सन बनाउनुपर्ने,पुल कहिलेसम्म बन्ने हो त्यो ब्यानर राख्नुपर्ने ,खानेपानिको पायप काटिएकोले तत्काल जोडिनुपर्ने माग सहित आन्दोलनमा उत्रिएको बताएका छन् ।

पुष्पलाल चोक घिनाघाट विराटचोक सडक जोड्ने एकमात्र पुल विग्रिए संगै एम्बुलेन्स र आगोलागी हुदा दमकल लानलाई समस्या पर्ने भएकोले तत्काल डाइभर्सन बनाउन आग्रह गरिएको र यदी त्यो नबनाए निर्माण कम्पनिका सामानहरु कव्जामा लिने संयोजक हुमागाइले बताए ।

सम्बन्धित

ताजा अपडेट
काठमाडौँ किन आइपुगे पूर्वनवयुवराज हृदयेन्द्र
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल