Birat Post शनिबार, चैत्र २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२५ चैत/

साहित्यकार हरिप्रसाद बरालद्वारा लिखित ‘प्रतीकवाद’ कृतिको आज विमोचन गरिएको छ । विराट साहित्य संगम विराटनगरले आयोजना गरेको कार्यक्रममा साहित्यकार बरालको चौथो कृतिका रुपमा प्रकाशित ‘प्रतीकवाद’को विमोचन गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथिसमेत रहनु भएका वरिष्ठ समालोचक प्रा.डा. गोपालप्रसाद भण्डारी, वरिष्ठ साहित्यकार दधिराज सुवेदी चेतना संरक्षण प्रतिष्ठानकी अध्यक्ष गंगा सुवेदी, आयोजक संस्थाका अध्यक्ष मधु पोखरेल, विराटनगर वडा नम्बर ११ का अध्यक्ष तीर्थेन्द्र नेउपाउने, साहित्यकार मेदिनीप्रसाद शर्मा नेपाल, उपभोक्ता जागरण अभियान नेपालका केन्द्रीय अध्यक्ष कृष्णप्रसाद भण्डारी ‘मार्सेली’लगायतले संयुक्त रुपमा विमोचन गरेका थिए ।

साहित्यकार रामबाबु दाहालले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रममा कविता केशरीले लेखक बरालको परिचय प्रस्तुत गरिन् । विमोचित कृतिका विषयमा वरिष्ठ साहित्यकार दधिराज सुवेदी र समालोचक डा. टुनराज भट्टराईले समीक्षा गरे । सो अवसरमा कवि भूषण ढुंगेल, हरि कट्टेल, भरत गुरागाईं, शिवनारायण पण्डित ‘सिंगल’ मीनकुमार नवोदित, रामसगार अधिकारीलगायतले आ–आफ्ना सिर्जना प्रस्तुत गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
नेपाली कांग्रेस विराटनगर-४ ले गर्‍ र्यो क्रियाशिल जेष्ठ नागरिकको सम्मान
युवाको आकर्षण नबढाए काँग्रेस कमजोर हुन्छ: नेता कोइराला
चक्रे मिलनसहित १९ जनालाई सात दिन हिरासतमा राख्न अनुमति

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल