Birat Post आइतबार, चैत्र २६, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 

विराटनगर,२६ चैत ।
कोशी अस्पताल विराटनगरले हाइड्रोसिलको नि:शुल्क शल्यक्रिया गरी लाभ लिन सेवाग्राही बिरामीहरुलाई आग्रह गरेको छ । पुरुषको अण्डकोषको बाहिरी भागमा पानी जम्मा हुने र जम्मा भएको पानीले गर्दा अण्डकोष सुन्निएको वा ठूलो भएको जस्तो देखिनुलाई हाइड्रोसिल भनिन्छ ।

यसको समयमै उपचार गरेर लाभ लिन कोशी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट रविनराज सिंहले आग्रह गरेका छन् । उनले यो सेवा निशुल्क रहेको र रोग पालेर नबस्न आग्रह गरेका छन् ।

हुन त अस्पतालबाट हाइड्रोसिलको नि:शुल्क शल्यक्रिया गरी लाभ लिनेको बिरामीको संख्या बढेको छ । पुरुषको अण्डकोषमा पानी जम्ने र छाला कडा हुने यो रोगको उपचार अस्पतालले निशुल्क गर्दै आएको छ ।

चालु आर्थिक वर्षको चैत २३ गतेसम्म हाइड्रोसिल भएका ७४ जना विरामीको शल्यक्रिया गरिएको कोशी अस्पतालका मेडिकल अधिकृत गोविन्द कटुवालले जानकारी दिए । यो आर्थिक वर्षमा हाइड्रोसिलका एक सय जना विरामीको शल्यक्रिया गरिने लक्ष्य अस्पतालले राखेको कटुवालको भनाइ छ ।

हात्तीपाइले रोग र अन्य कारणबाट हुने हाइड्रोसिलका बिरामीको शल्यक्रिया कोशी अस्पतालले गरिरहेको छ । तीन वर्षमा कोशीमा १५२ जनाको हाइड्रोसिल भएका विरामीको शल्यक्रिया भएको छ । यसको उपाचारका लागि फोकल पर्सन सर्जन डा.क्षितीज गिरीलाई तोकिएको अस्पतालले जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल