काठमान्डौं,३० चैत । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद ढाकाकुमार श्रेष्ठले आफूसँग दुई करोड रुपैयाँ मागेको भिडियो सार्वजनिक गरेर चर्चामा आएका मेडिकल व्यावसायी दुर्गा प्रसाईंले उक्त पार्टीका थप तीन सांसदको अडियो सार्वजनिक गर्न बाँकी रहेको बताएका छन् ।
डिसी नेपाललाई भिडियो अन्तर्वार्ता दिँदै प्रसाईंले रास्वापका संसदमा मीठो भाषण गर्ने तीन जना सांसदको अडियो रेकर्ड आफूसँग रहेको दावी गर्दै ती अडियो सार्वजनिक गर्न बाँकी रहेको उल्लेख गरेका छन् ।
प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियोको छानविनपछि पार्टीले सांसद श्रेष्ठलाई बुधवार पार्टीबाट निष्कासन गरिसकेको छ। प्रसाईंले पहिलो अडियोको तरंग अझै नसकिएको उल्लेख गर्दै त्यसको छाल रोकिएपछि अर्को अडियो सार्वजनिक गर्ने बताएका छन्।