Birat Post मंगलबार, साउन १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ साउन । बढ्दो डेंगु संक्रमण समाधानका लागि विराटनगर महानगरपालिका तयारीमा जुटेको छ । स्वास्थ्य महाशाखा अन्तरगतका स्वास्थ्यकर्मीलाई टोल टोलमा परिचालन गरिएको छ । डेंगु हुन सक्ने सम्भावित स्थानको खोजी गर्दै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानमा सरसफाइमा कार्यरत कर्मचारी र स्वास्थ्यकर्मीको टोली नगरक्षेत्रमा परिचालित भएको छ ।

महानगरका १९ वटै वडाका स्वास्थ्यकर्मी तथा स्वास्थ्य केन्द्रका कर्मचारीलाई डेंगु संक्रमणको विषयमा सचेतना गराउने कार्यक्रममा खटाइएको छ । डेंगुबारे सचेतना गराइसकेपछि महानगरभित्र पानी जमेका स्थानमा भेटिएका लार्भा नष्ट गराउने तरिका उनीहरूलाई सिकाइएको छ ।

टायर ,फालिएका भाडा वा खुल्ला पायपहरुमा जमेको पानीमा लार्भा हुर्किन सक्ने भएकाले सचेत रहन पनि आग्रह गरिएको स्वास्थ्य महासाखा प्रमुख हैदर अलीले जानकारी दिए । उनले घर वरपर पानि जम्ने खालका भाडाकुडाहरु नराख्न आग्रह गरेका छन् । सफा पानिमा लार्भा हुर्कने भएकाले त्यता सामानहरु नराख्न भनिएको अलीले बताए । अहिले विराटनगरमा डेंगु संक्रमण बढ्ने क्रममा रहेपनि सचेत बन्दा रोकथाम गर्नसकिने स्वास्थ्य विज्ञहरु वताउछन् ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल