Birat Post मंगलबार, भाद्र १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,१९ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारीले मन्त्रीको कुरा मान्नुपर्ने बताएका छन् ।

निजामती कर्मचारी युनियनको स्थापना दिवसमा पार्टी सम्बद्ध युनियनले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मन्त्रीका कुरा कर्मचारीले मान्नुपर्ने र समझदारीमा नै दुई पक्षले काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा पार्टी सांसद कमला पन्तले राजनीतिकै कारण मन्त्री फेरिने वित्तिकै सचिवहरू मन्त्रीको फुटबल बन्ने गरेको भन्दै उक्त समस्यालाई रोक्न सभापतिलाई आग्रह गरेकी थिइन् । साथै उनले राजनीति खराब कि निजामती कर्मचारी त्यसमा अध्ययन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

सो भनाइलाई संकेत गर्दै सभापति देउवाले आफूसँग फूर्ति गर्ने प्रहरी अधिकृतलाई गृहमन्त्री हुँदा निकाली दिएको उदाहरणसमेत प्रस्तुत गरे ।

उनले भने, ‘म भर्खर गृहमन्त्री भएको थिएँ, एउटा पुलिस अफिसरले यी आउने जाने हुन् कति दिनका हुन् र रु गृहमन्त्रीहरू भोलि गइहाल्छन् नि भन्यो । म त जाउँला तँ चाहीँ कहिल्यै आउँदैनस् भनेर निकालि दिए । अरुले त्यही गर्नुपर्छ भनेको होइन । तर, मन्त्री भैसक्यो के गर्नुहुन्छ कुरा मिल्दैन भने भन्नुप(यो ।’

नहुने कुरा कर्मचारीले गर्नुपर्छ भन्नेभन्दा पनि मन्त्रीका कुरालाई कर्मचारीले मान्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे ।

सभापति देउवाले भने, ‘नहुने कुराहरू गर्नुपर्छ भन्ने होइन तर साथसाथै मन्त्रीसँग के कुराले चित्त बुझेको छैन, उसित कुरा गर्नुप(यो र मन्त्रीको कुरालाई पनि मान्नुपर्ने हुनसक्छ । यो आज मात्रको होइन संसारभरको झगडा हो ।’

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल