Birat Post मंगलबार, भाद्र १९, २०८० मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं ,१९ भदौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निजामती कर्मचारीले मन्त्रीको कुरा मान्नुपर्ने बताएका छन् ।

निजामती कर्मचारी युनियनको स्थापना दिवसमा पार्टी सम्बद्ध युनियनले आयोजना गरेको कार्यक्रममा सभापति देउवाले मन्त्रीका कुरा कर्मचारीले मान्नुपर्ने र समझदारीमा नै दुई पक्षले काम गर्नुपर्नेमा जोड दिएका हुन् ।

कार्यक्रममा पार्टी सांसद कमला पन्तले राजनीतिकै कारण मन्त्री फेरिने वित्तिकै सचिवहरू मन्त्रीको फुटबल बन्ने गरेको भन्दै उक्त समस्यालाई रोक्न सभापतिलाई आग्रह गरेकी थिइन् । साथै उनले राजनीति खराब कि निजामती कर्मचारी त्यसमा अध्ययन गर्नुपर्नेमा जोड दिएकी थिइन् ।

सो भनाइलाई संकेत गर्दै सभापति देउवाले आफूसँग फूर्ति गर्ने प्रहरी अधिकृतलाई गृहमन्त्री हुँदा निकाली दिएको उदाहरणसमेत प्रस्तुत गरे ।

उनले भने, ‘म भर्खर गृहमन्त्री भएको थिएँ, एउटा पुलिस अफिसरले यी आउने जाने हुन् कति दिनका हुन् र रु गृहमन्त्रीहरू भोलि गइहाल्छन् नि भन्यो । म त जाउँला तँ चाहीँ कहिल्यै आउँदैनस् भनेर निकालि दिए । अरुले त्यही गर्नुपर्छ भनेको होइन । तर, मन्त्री भैसक्यो के गर्नुहुन्छ कुरा मिल्दैन भने भन्नुप(यो ।’

नहुने कुरा कर्मचारीले गर्नुपर्छ भन्नेभन्दा पनि मन्त्रीका कुरालाई कर्मचारीले मान्नुपर्छ भन्ने आफ्नो धारणा रहेको उनले स्पष्ट पारे ।

सभापति देउवाले भने, ‘नहुने कुराहरू गर्नुपर्छ भन्ने होइन तर साथसाथै मन्त्रीसँग के कुराले चित्त बुझेको छैन, उसित कुरा गर्नुप(यो र मन्त्रीको कुरालाई पनि मान्नुपर्ने हुनसक्छ । यो आज मात्रको होइन संसारभरको झगडा हो ।’

सम्बन्धित

ताजा अपडेट
लुम्बिनी प्रदेश सांसद रेखा शर्मा पक्राउ
कोशी प्रदेश सभा बैठकमा ओली, लेखक रिहाइको माग : राजनीतिक प्रतिशोध नसाध्न सांसदहरूले गरे आग्रह
विराटनगरमा ‘घर निर्माण प्रदर्शनी’ सुरु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल