Birat Post शुक्रबार, आश्विन १२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१२ असोज । विराटनगरमा भीमसेन जात्रा निकालिएको छ । शान्ति र समृद्धिको कामनासहित नेवार समुदायले यो जात्रा निकाल्ने गरेका छन ।

विराटनगरको मेनरोडस्थित संसारीमाई स्थान परिसरमा रहेको भीमसेन मन्दिर परिसरबाट निकालिएको जात्राले विराटनगरक्षेत्रका विभिन्न भागको परिक्रमा गरेको छ । प्रत्येकबर्ष भाद्र शुक्ल पुर्णिमा तिथिमा विराटनगरमा भीमसेन जात्रा निकाल्ने गरिएको छ ।

विराटनगरमा २०७० साल असोज ३ गते भीमसेन मन्दिर स्थापना भएको थियो । २०७३ सालबाट प्रत्येकबर्ष जात्रा निकाल्ने गरिएको छ । नेवार समुदायले भीमसेनलाई कुल देउताका रुपमा पूजा गर्दै आएका छन् ।

भगवान शिवका ८ अवतारमध्ये एक अवतारकोरुपमा पुजिने भीमसेनलाई वैभव र समृद्धिको देउताकोरुपमा समेत पुजा गर्ने गरिएको भीमसेन मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष ललित श्रेष्ठले जानकारी दिनुभयो ।

मन्दिर परिसरबाट निकालिएको भीमसेन जात्राले रोडशेषचोक,महेन्द्रचोक,बिजुली अफिसचोकबाट मेनरोड हुँदै मन्दिर परिसरमा पुगेर समापन भएको थियो । नेवार समुदायको बाहुल्य रहेको देशका विभिन्न शहरहरुमा भीमसेन जात्रा निकाल्ने गरिएको छ ।

काठमाण्डौस्थित एक दातृ संस्थाले विराटनगरको भीमसेन मन्दिरलाई उपलब्ध गराएको सुनको जलप लगाइएको भीमसेनको मुर्ति संसारी माई मन्दिर परिसरमा स्थापना गरिएयता भिमसेन जात्रा निकाल्न थालिएको हो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल