Birat Post आइतबार, पुष २२, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ पुस ।
नेपालमै पहिलोपटक बाग्लुङको सर्वसिद्धिधाम पञ्चकोटमा हुन लागेको अनन्तश्री ब्रह्माण्डीय महायज्ञ सम्पादन सहयोगका लागि विराटनगरवाट अरुण न्यौपानेको संयोजकत्वमा २१ सदस्यीय सम्पादन समिति तथा १४ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ ।

जसमा सह संयोजक गोपाल अग्रवाल,सदस्यहरुमा जय शर्मा,मोहित लालवानी,जुगलकिशोर राठी,श्रवण अग्रवाल,प्रविन जोशी,विनायक पन्त,कुमार खतिवडा,रामजीवन अग्रवाल,जितेन्द्र राठी,विकास चौधरी,आनन्द जाजु,अभिशेक तोदी,अनिल ढकाल,ज्ञानेन्द्र पौडेल,अनन्त पराजुली,गिरिजा सारडा,रचना राठी र अनिता अग्रवाल रहेका छन् ।

यस्तै सल्लाहकारहरुमा स्वामी अच्युत प्रपन्नाचार्य,स्वामी रामानुजाचार्य,कोशी प्रदेशका सांसद भीम पराजुली,संविधान सभा सदस्य पवन सारडा,समाजसेवी इन्दिरा रिजाल,तिलक रिजाल,देवकीनन्दन अग्रवाल,रमेशकुमार चापागाई,अनिल साह,बेनीगोपाल मुन्दडा,भीखमचन्द सरल,सुरेशकुमार शर्मा,शंकललाल अग्रवाल,नन्दु राठी (तिनपैनी), र कविराज न्यौपाने रहेका छन् ।

आइतबार विराटनगर स्थित सत्यनारायण मन्दिरमा भएको एक कार्यक्रमका बीच मुक्तिनाथ धामका पीठाधीश्वर स्वामी कमलनयचचार्य श्रीजीको उपस्थितीमा न्यौपानेलाई संयोजकको जिम्मेबारी प्रदान गरिएको हो । बाग्लुङमा फाल्गुन ९ गते देखि २३ गतेसम्म महायज्ञ हुदैछ । यसका लागि देशका विभिन्न स्थानमा धार्मिक व्यक्तिहरुलाई जोड्ने काम आयोजकले गर्दै आएको छ । यसका लागि श्रीहरि सत्संग समिति नेपाल विराटनगरले चासो देखाउदै मन्दिरमा स्वामी कमलनयचचार्य श्रीजीलाई स्वागत तथा सम्मान समेत गरेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल