Birat Post बिहिबार, माघ १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

रङ्गेली,१८ माघ । मोरङको रंगेली नगरपालिका अन्तर्गतका २७ सामुदायिक विद्यालयमा कार्यरत २६० जना शिक्षकहरूलाई पाठ्यक्रम प्रवोधीकरण  तथा मूल्याङ्कन सम्बन्धी दुई दिने तालिम प्रदान गरिएको छ । तिनै तहका अङ्ग्रेजी नेपाली गणित विज्ञान र सामाजिक विषय अन्तर्गतका शिक्षकहरुलाई तालिम प्रदान गरिएको हो । कक्षा ५, ८ र १० मा अध्यापन गराउने विषयगत शिक्षकहरुलाई अनिवार्य तालिम को व्यवस्था गरिएको हो।

संघीय सरकार र रंगेली नगरपालिकाको साझेदारी र आर्थिक सहयोगमा तालिम सञ्चालन भएको हो। बिहिबार तालिमको उद्घाटन गर्दै नगरपालिकाका नगरप्रमुख दिलिप कुमार अग्रवाल ले सबै शिक्षकहरुले तालिमबाट प्राप्त ज्ञान र सीपलाई कक्षा कोठामा प्रयोग गर्न निर्देशन दिएका छन्। अग्रवालले शिक्षामा लगानी वृद्धि गरेर गुणस्तरीय शिक्षा प्रदान गर्न र बालबालिकाको पढ्न पाउने हकलाई सुनिश्चित गर्ने उद्देश्यले गुणस्तरीय शिक्षा र मूल्याङ्कन प्रणालीमा जोड दिए ।

यस्तै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेजेन्द्र गौतमले विद्यार्थीहरूको भविष्यलाई ध्यान दिँदै शिक्षकहरूले समयमै विद्यालयमा उपस्थित भई पठनपाठन गर्न आग्रह गरे । खुल्ला सत्रको अध्यक्षता नगर सामाजिक शिक्षा शाखाका अध्यक्ष अवधेश मण्डलले गरेका थिए । शिक्षा शाखा प्रमुख रविन्द्रकुमार पण्डित रंगेली नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष चुणा मणी रेग्मी शिक्षक हरू किशोर पोखरेल अरविन्द शाह हेमा मिश्र लगायतले तालिमको शुभकामना दिँदै तालिमबाट प्राप्त ज्ञान र शिपलाई कक्षा कोठामा प्रयोग गर्न शिक्षकहरुलाई आग्रह गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल
राजाको पक्षमा जनमत बनेको छः पशुपति खड्का

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल