Birat Post शनिबार, माघ २७, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ माघ / विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले विराटनगर प्रदेश राजधानी मात्रै नभएर भाषा, साहित्य, कला र संस्कृतिको पनि राजधानी भएको बताएका छन् । सोनाम ल्होसार पर्वका अवसरमा नेपाल तामाङ घेदुङ महानगर समितिले विराटनगरमा आयोजना गरेको शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै मेयर कोइरालाले विभिन्न जातिको विश्रित बसोबास भएकाले पनि भाषा, कला, साहित्य र संस्कृतिमा विराटनगर निकै धनी रहेको बताए ।

“कुनै समय विराटनगर राजनीति र आर्थिक राजधानीका रुपमा परिचित थियो । मलाई लाग्छ अहिले विराटनगरलाई आर्थिक र राजनैतिक राजधानी भन्न नमिल्ला तर यहाँ धेरै जातजातिको बसोबास भएकाले भाषा, साहित्य, कला र संस्कृतिको राजधानी बन्न सकिन्छ ।”

विराटनगरमा १२२ जातिको बसोबास रहेको बताउँदै कोइरालाले हरेक जातिको आफ्नै रीतिरिवाज, भाषासँगै संस्कार र संस्कृति रहेको उल्लेख गरे । कार्यक्रममा नेपाल तामाङ घेदुङ महानगर समितिका पूर्वअध्यक्ष कृष्ण तामाङ, आयोजक समितिकी अध्यक्ष विष्णु तामा, कृष्णभूषण बल स्मृति प्रतिष्ठानकी संरक्षक शोभा लामा बल, नेपाल मगर संघ महानगर समितिका अध्यक्ष कुवेर मगर, समाजसेवी नारायण याख्यालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

सम्बन्धित

ताजा अपडेट
निर्वाचन नजिकिँदै जाँदा शक्ति निर्माणको प्रतिस्पर्धामा नयाँ तथा पुराना दलहरु
जाँचबुझ आयोगमा बयान दिन जाने निर्णयमा पुगेको कांग्रेस नेता रमेश लेखकको भनाइ
विराटनगरमा जारी “विराट ट्रेड एक्स्पो”मा उपभोक्ता तथा दर्शकको चहलपहल बढ्यो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल