Birat Post बुधबार, फाल्गुण १६, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१६ फाल्गुन ।
विराटनगरमा यही फाल्गुन १९ गते शनिबार साइकल रेस अर्थात साइक्लोेथुन हुने भएको छ । १९ किलोमिटर दुरीको खुल्ला स्पर्धामा झण्डै ३ सय जनाले सहभागिता जनाउने आयोजक संस्था रोटरी क्लव अफ विराटनगर फ्युजनले जनाएको छ ।

कार्यक्रमबारे जानकारी दिन बुधबार विराटनगरमा आयोजित कार्यक्रममा बोल्दै फ्युजनका अध्यक्ष विकाश राठीले १९ किलोमिटर दूरी तर्फको गियर र बिना गियर साइक्लोथुन स्पर्धा हुने जानकारी दिए । विराटनगरको आदर्श माध्यमिक विद्यालयबाट साइक्लोथोन स्पर्धा सुरु हुने र समापन पनि विद्यालयमै हुने छ ।

विजेताले ४० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । उपविजेताले २५ र तेस्रो हुने विजेताले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । एक पुरुष र एक महिलाले २० हजार ,उपविजेता एक पुरुष र एक महिलाले १५ हजार र तेस्रो हुने विजेता एक पुरुष र एक महिलाले १० हजार रुपैयाँ प्राप्त गर्ने छन् । यो आयोजना पछि बचेको रकम विराटनगर–१२ स्थित श्री जनता बाल कल्याण आधारभूत विद्यालयको स्तर उन्नतिमा खर्च गरिने आयोजक संस्थाको भनाइ छ ।

पत्रकार सम्मेलनमा पूर्व अध्यक्ष श्वेता तोदी, आगामी कार्यकालका अध्यक्ष विवेक अग्रवाल र कोषाध्यक्ष लक्ष्मीकुमार चौधरी लगायतको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल