Birat Post शुक्रबार, फाल्गुण १८, २०८० मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,१८  फाल्गुन । नेपाल क्रिकेट फाउण्डेसन र क्रिकेट विथआउट वाउण्ड्रीको सहयोगमा विराटनगरमा भएको दोस्रो संस्करणको विराटनगर हब अन्तर विद्यालय महिला क्रिकेट प्रतियोगितामा लगातार ४ खेलमा विजयी हुँदै सरस्वती स्कुल र वालिका स्कुल फाइनलमा प्रवेश गरेको छ । विराटनगर ६ स्थित ज्वाला क्रिकेट मैदानमा शुक्रबार भएको खेलमा सरस्वती, वालिका, सत्यनारायण स्कुल विजयी भएका छन् ।

पहिलो खेलमा महेन्द्र स्कुललाई सरस्वती स्कुलले ६४ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सरस्वतीले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई १ सय २१ रनको योगफल बनाएको छ । जस्मा प्लेयर अफ द म्याच कृतिषा धामीले सर्वाधिक ४३ रनको योगदान दिइन् । महेन्द्रकी धनवन्ति रायले १ विकेट लिइन् । १ सय २२ रनको विजयी लक्ष्य पाएको महेन्द्रले निर्धारित ओभरमा ७ विकेट गुमाई ५७ रन मात्र बनाउँन सक्यो । जस्मा शिवानी खातुनले सर्वाधिक ६ रनको योगदान दिइन् । सरस्वतीकी चाँदनी यालव र अन्जली मण्डलले २–२ विकेट लिइन् ।

दोस्रो खेलमा वालिका स्कुलले आर्दश स्कुललाई ३५ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको वालिकाले निर्धारित १६ ओभरमा ४ विकेट गुमाई १ सय १० रन बनाएको छ । जस्मा प्लेयर अफ द म्याच वुदिता राजवंशीले सर्वाधिक ३० रन बनाउँदा सकुन्तला सहनीले २५ रन बनाइन् । आर्दशकी अपर्णा राजवंशीले २ विकेट लिइन् । १ सय ११ रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ४ विकेट गुमाई ७५ रनमा सिमित भयो । जस्मा करुणा राजवंशीले सर्वाधिक १८ रनको योगदान दिइन् । वालिकाकी वविता गुप्ताले २ विकेट लिइन् ।

तेस्रो खेलमा सत्यनारायण स्कुलले मिल्स स्कुललाई ३९ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई १ सय ८ रन बनाएको छ । जस्मा चाँदनी यालवले सर्वाधिक १६ रनको योगदान दिइन् । मिल्सकी सुमन चौधरीले २ विकेट लिइन् । १ सय ९ रनको विजयी लक्ष्य पाएको मिल्सले १५ ओभरमा सवै विकेट गुमाई ६९ रनमा सिमित भयो । जस्मा सुमन चौधरीले सर्वाधिक ११ रनको योगदान दिइन् । सत्यनारायणकी प्लेयर अफ द म्याच सन्जना पासवनले ३ विकेट लिइन् ।

चौथो खेलमा महेन्द्र स्कुललाई वालिका स्कुलले ५ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको महेन्द्रले निर्धारित १६ ओभरमा ६ विकेट गुमाई ८९ रन बनाएको छ । जस्मा मिनिमा राजवंशी नटआउट १४ रनको योगदान दिइन् । वालिकाकी रचना उराँवले २ विकेट लिइन् । ९० रनको विजयी लक्ष्य पाएको वालिकाले १५ दशमलव ४ बलमा ५ विकेट गुमाई सो वियी लक्ष्य पार गरेको थियो । जस्मा प्लेयर अफ द म्याच सकुन्तला सहनीले २३ रनको योगदान दिइन् । महेन्द्रकी धनवनित रायले २ विकेट लिइन् ।

पाँचौ खेलमा सरस्वती स्कुलले सत्यनारायण स्कुललाई ८ विकेटले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको सत्यनारायणले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई ७९ रन बनाएको छ । जस्मा प्रिती चौधरीले सर्वाधिक ९ रनको योगदान दिइन् । सरस्वतीकी कृतिका धामीले ३ विकेट लिइन् । ८० रनको विजयी लक्ष्य पाएको सरस्वतीले १० दशमलव ३ बलमा २ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो । जस्मा प्रेरणा पासवनले २८ रन बनाउँदा प्लेयर अफ द म्याच चाँदनी यादवले नटआउट २७ रनको योगदान दिइन् । सत्यनारायणकी प्रिती चौधरीले १ विकेट लिइन् ।

छैटौ खेलमा मिल्स स्कुलले आर्दश स्कुललाई ६ रनले पराजित गरेको छ । टस जितेर ब्याटिङ गरेको मिल्सले निर्धारित १६ ओभरमा ५ विकेट गुमाई ९९ रन बनाएको छ । जस्मा प्लेयर अफ द म्याच रञ्जना महतो सर्वाधिक १७ रनको योगदान दिइन् । आर्दशकी अर्पणा राजवंशी, निशा मण्डल र करुणा राजवंशीले १–१ विकेट लिइन् । १ सय रनको विजयी लक्ष्य पाएको आर्दशले निर्धारित ओभरमा ६ विकेट गुमाई ९३ रनमा सिमित भयो । जस्मा अर्पणा राजवंशीले सर्वाधिक १५ रनको योगदान दिइन् । मिल्सकी प्रिति मण्डल र गौरी मलाहाले १–१ विकेट लिइन् ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल