Birat Post आइतबार, जेठ १३, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१३ जेठ । नेपाल युवा परिषद् कोशी प्रदेशले पत्रकार एवं कवि मीनकुमार नवोदितसहित ९ जनालाई सम्मान गरेको छ । कोशी प्रदेश सम्मेलनका अवसरमा परिषद्ले नवोदितसहित विभिन्न क्षेत्रमा योगदान पु¥याउने ९ जनालाई सम्मान गरेको हो ।

कोशी प्रदेशमा रहेर पत्रकारिता र साहित्यमा सक्रिय योगदान पु¥याएबापत नवोदितलाई सम्मान गरिएको आयोजकले जनाएको छ । पत्रकार नवोदितलाई कोशी प्रदेशका सभामुख अमरबहादुर विष्टले दोसल्ला ओढाएर सम्मानपत्र प्रदान गरे ।

सो अवसरमा पत्रकारिता र साहित्यसँगै शिक्षा, स्वास्थ्य, समाजसेवी, युवा, सूचना प्रविधि, उद्यमीलगायतका क्षेत्रमा योगदान पु¥याउने व्यक्तिहरुलाई पनि सम्मान गरिएको थियो । स्वास्थ्य क्षेत्रबाट विराट मेडिकल कलेजका अध्यक्ष डा. ज्ञानेन्द्रमानसिंह कार्की, शिक्षा क्षेत्रबाट योगेन्द्रकुमार मण्डल, खेलकुदबाट नेपाली क्रिकेट टिमकी पूर्वकप्तान रुविना क्षेत्री, युवा उद्यमी मोहन गजुरेल, महिला तथा बालबालिका र समाजसेवाका क्षेत्रमा सीता शर्मालाई सम्मान गरिएको थियो ।

त्यस्तै सूचना प्रविधितर्फ सविन फुयल (सुुनसरी), सामाजिक सेवातर्फ रञ्जु शर्मा (झापा), युवातर्फ अरुण खड्का (सुनसरी)लाई सम्मान गरिएको थियो । उनीहरु सबैलाई सभामुख विष्टसहित नेपाल युवा परिषद्का केन्द्रीय अध्यक्ष सरोज बानिया, कोशी प्रदेश संयोजक अभय मगरलगायतले सम्मान गरे । कोशी प्रदेशमा रहेर आ–आफ्नो क्षेत्रमा योगदान दिएबापत उनीहरुलाई सम्मान गरिएको परिषद्का केन्द्रीय अध्यक्ष बानियाले जानकारी दिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै सभामुख विष्टले विकास र समृद्धिका लागि कोशी प्रदेशमा प्रचुर सम्भावना रहेको बताए । उनले युवाहरुको बढ्दो विदेश पलायनप्रति भने चिन्ता व्यक्त गरे । परिषद्का केन्द्रीय अध्यक्ष बानियाले अहिेल नेपालमा ४२.५६ प्रतिशत जनसंख्या युवाको रहेको उल्लेख गर्दै यो समयमा देशको विकासले गति लिनुपर्नेमा जोड दिए ।

युवाको यस्तो संख्या विश्वका अन्य कमै मुलुकमा भएको उनको भनाइ थियो । युवा जनशक्तिलाई परिचालन गरेर देश निर्माणमा जुट्नु जरुरी रहेको उनले औंल्याए । बानियाले ७ वटै प्रदेशमा प्रदेश सम्मेलन गरेर युवा लक्षित नीति निर्माण गर्न र बजेट निर्माण गर्न तीनै तहको सरकारलाई दबाब दिने बताए । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा कोशी प्रदेशका सबै जिल्लाका युवाहरुको सहभागिता रहेको कोशी प्रदेश संयोजक अभय मगरले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल