Birat Post आइतबार, माघ २७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२७ माघ/ विराटनगर महानगरपालिकाले आयोजना गरेको लोकनृत्य प्रतियोगितामा विराटनगरस्थित पोखरिया मावि प्रथम भएको छ । विराटनगर–४ स्थित श्री मावि कञ्चनबारीले संयोजन गरेको प्रतियोगितामा २३ वटा सामुदायिक विद्यालयलाई पछि पार्दै पोखरिया प्रथम भएको हो । प्रतियोगितामा आदर्श मावि द्वितीय, मदननगर आधारभूत विद्यालय तृतीय र श्री मावि कञ्चनबारीले सान्त्वना स्थान प्राप्त गरे । प्रथम, द्वितीय र तृतीय हुने विद्यालयलाई क्रमशः २०, १५ र १० हजार नगदसहित शिल्ड, ट्रर्फी र प्रमाणपत्र प्रदान गरिएको थियो । प्रतियोगिताको उद्घाटन महानगरका मेयर नागेश कोइरालाले गर्नुभएको थियो । उद्घाटन समारोहलाई सम्बोधन गर्दै मेयर कोइरालाले विद्यार्थीको चौतर्फी विकासका लागि महानगरले काम गरिरहेको बताउनुभयो । उहाँले पठनपाठनसँगै अन्य गतिविधिमा समेत सक्रिय हुन विद्यार्थीलाई आग्रह गर्नुभयो ।

कार्यक्रममा सामाजिक विकास समितिका संयोजक काजीबहादुर बस्नेत, वडा नम्बर ४ का अध्यक्ष जितन थापा, महानगरका निमित्त प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेल, श्री मावि कञ्चनबारीका व्यवस्थापन समितिका अध्यक्ष गुणराज खनाल, प्रधानाध्यापक राजेन्द्र घिमिरेलगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । प्रतियोगितामा २३ सामुदायिक विद्यालयका २ सयभन्दा बढी विद्यार्थीले नृत्य प्रस्तुत गरेको महानगरको शैक्षिक महाशाखाका अधिकृत कृष्ण भट्टराईले जानकारी दिनुभयो । विद्यार्थीको क्षमता विकासका लागि महानगरले लोकनृत्य, हाजिरीजवाफ, वक्तृत्वकला, विज्ञान प्रदर्शनीलगायतका विभिन्न अतिरिक्त क्रियाकलापसमेत गर्दै आएको छ ।

 

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरूमाथिको बल प्रयोग र पालिका मार्फत धम्क्याउनु गलत : शेखर कोइराला
पत्रकार कार्कीको तिलगंगामा उपचार हुँदै, दुवै आँखामा गम्भीर चोट
आज भूकम्प स्मृति दिवस, सचेतनामूलक कार्यक्रम गरी मनाइँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल