Birat Post आइतबार, चैत्र १७, २०८१ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,१७ चैत । विराटनगर महानगरपालिकाले राष्ट्रिय आविस्कार केन्द्रका संस्थापक अध्यक्ष एवं वैज्ञानिक डा. महावीर पुनलाई सम्मान गरेको छ । वीरगञ्ज कृषि औजार कारखाना सञ्चालन गर्ने उद्देश्यले डा. पुन आत्मवृतान्त पुस्तक ‘महावीर पुन सम्झना सपना र अविरल यात्रा’ बिक्री अभियानका क्रममा विराटनगरमा आएको अवसरमा महानगरले सम्मान गरेको हो । महानगरमा निमन्त्रणा गरेर मेयर नागेश कोइराला, उपमेयर शिल्पा निराला कार्की, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद ढुंगेलले माला, खादा, अविर र महानगरको लोगो लगाइदिएर सम्मान गर्नुभयो ।

कार्यक्रममा मेयर कोइरालाले पुनले सञ्चालन गरेको अभियानमा महानगरको सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । महानगरले बोलाएर सम्मान गरेकोमा धन्यवाद दिँदै पुनले आफू नबोलाएको ठाउँमा कहिल्यै नजाने उल्लेख गर्नुभयो । पुस्तक बिक्रीबाट हालसम्म १० करोड रुपैयाँ संकलन भइसकेको उहाँको भनाइ थियो । जसरी पनि कृषि औजार कारखाना सञ्चालन गरेरै छाड्ने पुनले उद्घोषसमेत गर्नुभयो । राज्यले सहयोग नगरे पनि जनताको सहयोगबाट अबको दुई वर्षभित्र कृषकलाई आवश्यक पर्ने कृषि औजारहरु उत्पादन गर्ने उनले जानकारी दिनुभयो । कारखानाबाट धान, गहुँ, तरकारी रोप्ने, गोड्नेलगायतका औजार उत्पादन गरिनेछ । कारखानाबाट १५ किसिमको औजार नमुना बनाएर परीक्षण भइरहेको पुनले जानकारी दिनुभयो ।

कार्यक्रममा मेयर कोइराला, उपमेयर कार्की, प्रमुख प्रशासकीय अधिकृत ढुंगेल, वडाध्यक्षहरु, महाशाखा, शाखा प्रमुख, कर्मचारीहरुले व्यक्तिगत रुपमा पुस्तक खरिद गर्नुभएको थियो । त्यस्तै महानगरले संस्थागत रुपमा २ लाख रुपैयाँ बराबरको पुस्तक खरिद गरेको सामान्य प्रशासन महाशाखा प्रमुख अर्जुन थपलियाले जानकारी दिनुभयो ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल