Birat Post आइतबार, आषाढ १५, २०८२ मा प्रकाशित

featured photo: Birat Post
विराटनगर,१५ असार । असार १५ लाई पछिल्लो दिन सरकारले धान दिवसको रूपमा मनाउँदै आएको छ ।  सरकारी क्षेत्रबाट मात्रै विभिन्न सङ्घ संस्था र निजी क्षेत्रबाट समेत धान दिवसलाई भव्य रूपमा मनाउँदै आएका छन्  । त्यस्तै भव्य रूपमा धान दिवस बुढीगंगा गाउँपालिका वडा नम्बर ३ मा रहेको स्मृति इङ्लिस बोर्डिङ स्कुलले पनि मनाएको छ।
आइतबार एक कार्यक्रमको आयोजना गरी धान दिवस मनाएको हो । २२ औँ धान दिवसमा विभिन्न कार्यक्रम आयोजना गरियो ।  स्मृति बोर्डिङ स्कुलले  आयोजना गरेको धान दिवसमा  अघि अघि पञ्चेबाजा, पछिपछि बेठी सहितका रोपाहारहरू । त्यसको पछि लग्दै विद्यार्थी, शिक्षक र अभिभावकहरू बुढीगंगा ३ मा रहेको पानी ट्याङ्की नजिकैको खेतका गराहरूमा भरिन्छन् । एकातर्फ असारे भाखा घन्किँदै थियो भने अर्को तर्फ कोही बिउ काढ्दै,  कोही गोरु जोत्दै त कोही  बाउसे गर्दै थियो ।  विद्यार्थीहरू हिलो छ्यापाछ्यापमा व्यस्त देखिन्थे ।  हिलो छ्यापाछ्याप गर्दै रमाएका विद्यार्थीहरूलाई उनीहरूको अभिभावक र शिक्षकले धान रोपाइँमा असारे गीतको रन्कोले थप ऊर्जा भरेको थियो  ।
दिवसलाई भव्य बनाउन बालबालिकादेखि गाउँभरिबाट भेला भएर अभिभावकहरूको समेत सहभागिता भएको थियो । बिहानभरि धान रोपाइँमा लागेका विद्यार्थीहरूलाई खाजाको रूपमा विद्यालयले असारे १५ मा खाइने दही, चिउरा, आँप तथा केरा  व्यवस्था गरेको थियो ।  विद्यालयका प्रधानाध्यापक रिता न्यौपानेले कृषिमा हराउँदै गएको मौलिकताको जगेर्ना गर्नकोलागि  उत्सवकै रूपमा विद्यार्थीहरूलाई धान दिवसमा सहभागी गराएको बताइन् ।
‘हामीले हाम्रा बालबालिकालाई हाम्रो मौलिकता सिकाउन आवश्यक थियो,’ न्यौपानेले भनिन्, ‘हामी कृषि प्रधान देश तर हाम्रो कृषिको मौलिकता नै हराएको अवस्थामा असार पन्ध्रले भएपछि केही अनुभूति दिलाउन खोजेका हौँ ।’  विद्यार्थीहरूले नेपाली पहिरनमा धान रोपाइँको लागि बोलाएको थियो । विद्यालयले बालबालिकालाई लक्षित गरेर हरेक पर्व, दिवस तथा कार्यक्रमहरूमा विद्यार्थीलाई नै सहभागी गराउँदै आएको छ।

सम्बन्धित

ताजा अपडेट
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै
लाओसको पोस्टमा नेपालको ९ गोल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल