
विकास कार्की
विराटनगर,२३ मंसिर ।
संवृद्धि महिला बचत तथा ऋण सहकारी विराटनगरले पुस ५ गते साधारणसभा गर्ने भएको छ । आ.व २०८१-०८२ को आर्थिक प्रगति ,आ.व. २०८२-०८३ को प्रस्तावित कार्ययोजना,निक्षेप,कर्जा लगानी,कर्जा असुली,व्याज,आम्दानी,कर्मचारी दरवन्दी,आय,व्यय ,लेखा परिक्षक नियुक्ति लगायतका विषयमा छलफल गरिने भएको छ ।
विराटनगरको मिल्स माविमा पुस ५ गते विहान १० वजेदेखी साधारणसभा सुरु हुने भएकोले सवै सेयर सदस्यलाई सहभागिताका लागि आग्रह गरिएको सहकारीकी अध्यक्ष राममाया तामाङ्गले जानकारी दिइन् ।वि.स. २०६६ सालमा स्थापना भएको सहकारीले उदाहरणीय कार्य गर्दै आएको छ । यसवाट धेरै महिला तथा विपन्न वर्गले सेवा लिइरहेका छन् ।
