Birat Post सोमबार, माघ ०६, २०७६ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ६ माघ । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) मोरङले आठौं हिसान स्पोर्ट्स मिट साेमवार देखि विराटनगरमा शुरु भएको छ ।
क्रिकेट प्रतियोगिताको उद्घाटन विराटनगर महानगर पालिकाका प्रमुख भीम पराजुलीले ब्याटिङ  र वडा नम्बर १४ का कावा वडा अध्यक्ष महिचन्द्र यादवले वलिङ गर्दै उद्घाटन गरे ।
आज भएको क्रिकेटको उद्घाटन खेलमा ग्रिनल्याण्ड कलेजले जित हात पारेको छ । ग्रिनल्याण्डले लर्डबुद्ध कलेजलाई ३० रनले पराजित गर क्वाटरफाइनलमा प्रवेश गरेको छ । ग्रिनल्याडले दिएको १ सय २४ रनको लक्ष्य पछ्याएको लर्डबुद्धले निर्धारित २० ओभरमा ८ विकेट गुमाई ९३ रन मात्र जोड्न सक्यो उसकालागि दिपक ढुंगानाले २३ रन बनाउँदा विद्यानन्द मण्डलले १२ रन जोडे । ग्रिनल्याण्डका मुकेश सिंश र राहुल गुम्ताले ३–३ विकेट लिँदा ज्योतिस यादवले २ विकेट लिए ।

यस अघि टस जितेर ब्याटिङ गरेको ग्रिनल्याण्डले निर्धारित २० ओभरमा ६ विकेट गुमाई १ सया २३ रनको योगफल तयार पोरेको थियो स ग्रिनल्याण्डकालागि प्रशान्त सिंङ एक्लैले नट आउट ८६ रनको ठोस पारि खेलेका थिए । सिंङले आफ्नो पारीमा ८ छक्का र ५ चौका प्रहार गरे । त्यस्तै कमल पाण्डेले ११ रनको योगदान गरे । लर्डबुद्धका सुमन मण्डलले ३ विकेट र पवन साहले २ विकेट लिए ।

माघ १७ गतेसम्म हुने मिटमा फुटबल, क्रिकेट, भलिबल, टेबल टेनिस, एथलेटिक्स र बास्केटबलका खेल हुनेछ । यस खेल महोत्सवमा जिल्लाका २८ विद्यालयका २ हजार विद्यार्थी खेलाडीले भाग लिने छन् । प्रतियोगिता आयोजना गर्न करिब ११ लाख खर्च हुने जनाएको छ ।

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल