Birat Post बिहिबार, आषाढ ११, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,११ असार ।
सांसदहरुले बिरोध गर्ने शैलीमा नयाँपनको सिर्जना गर्न थालेका छन् । कसैले कुर्सी फ्यालेर,कसैले डाको छोडेर रोएर र कसैले मौन बसेर ,कसैले चर्का भाषण गरेर बिरोध गर्ने शैलीको बिकास भएको छ । यसखाले कुरालाई पनि मनोरन्जनका रुपमा रुचाइन थालेको छ ।
यस्तै विरोधका शैली प्रदेश १ को प्रदेश सभामा भएको छ ।

जति गुनासो गर्दा पनि सरकारले कुनै सुनुवाई नगरेपछि प्रदेश सांसद कला घलेले प्रदेशसभाको रोष्टममा कान थुनेर सरकारको ध्यानाकर्षण गराएकी छन् । बिहिबारको प्रदेशसभा वैठकको शुन्य समयमा वोल्दै सांसद घलेले प्रदेश सरकारले आफुले राखेका समस्या पटक्कै सुनुवाई नभएको भन्दै कान थुनेर समस्या राखेकी छन् ।

घलेले बारम्बार एउटै समस्या सरकारलाई राख्दा पनि कुनै सुनुवाई नभएपछि कान थुनेर संसदमा समस्या सुनाउनु परेको गुनासो गरिन् । ‘एउटै कुरा कतिचोटी सुनाउनु ’ घलेले भनिन्‘ सरकार कामकाजी हो वा नामकाजी हो बुझ्नै गाह्रो भयो ।’घलेले प्रदेशको बजेट विनियोजन न्यायोचित समेत नभएको गुनासो पनि गरिन् ।

मन्त्रीका निर्वाचन क्षेत्रमा हुलका हुल योजनामा बजेट विनियोजन गरिएको र सांसदका क्षेत्रमा फटफुट योजनामा मात्रै बजेट विनियोजन गरिएको घलेको गुनासो छ । सांसद हिमाल कार्कीले प्रदेश सरकारले बजेट विनियोजन गर्दा न्यायोचित रुपमा विनियोजन नगरेको आरोप लगाए । कार्कीले डाडुपन्यु आफ्नो हातमा भए पछि मनोमानि गर्ने प्रचलन प्रदेशमा देखिएको बताए ।

बिहीबारको शुन्य समयमा सांसद उत्तमकुमार बस्नेत, लोकप्रसाद संग्रौलालगायतले बोलेका थिए । बैठकमा भूमिकृषि तथा सहकारी राज्य मन्त्री रामबहादुर मगरले संसदले शुन्य समयमा उठाएका प्रश्नको जवाफ दिएका थिए ।

सम्बन्धित

ताजा अपडेट
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट
झुम्का कारागारमा सयभन्दा बढी कैदी बिरामी,पछिल्लो १२ दिनदेखि देखियो स्वास्थ्य समस्या
दर्ता नभएका २६ सामाजिक सञ्जाल निष्क्रिय पार्न इन्टरनेट सेवा प्रदायकलाई प्राधिकरणको पत्र

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल