Birat Post शुक्रबार, साउन ०२, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २ साउन ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोइरालाले धर्म,संस्कृतिको संरक्षण भए मात्रै देशको मौलिकता बाँच्ने बताएका छन् । बिराटनगर स्थित वडा नं.५मा निर्मित पञ्चेश्वर शिव मन्दिरको सभाहल उद्घाटन कार्यक्रममा बोल्दै कोइरालाले यस्तो बताएका हुन् । हरेक धर्मको उदेश्य सत्कर्म भएको भन्दै कोइरालाले नेपालको धार्मिक ,सांस्कृतिक विविधतालाई संरक्षण गर्न आबश्यक रहेको बताए ।

सभ्य समाजको परिकल्पना गरिरहदा नेतृत्वले जथाभावी बोल्न नहुने सुझाए । प्रधानमन्त्रीले जथाभावी बोल्दा देशको गरिमामा आँच आउने भन्दै उनले सच्चिन समेत आग्रह गरे । कोरोनाका कारण मानिसमा विविध किसिमका विचलन आउन थालेको र यसको सहि सम्बोधन गर्ने बेला आएको कोइरालाको भनाइ थियो । प्रदेशसभा सदस्य तथा कांग्रेस मुख्य सचेतक केदार कार्कीको सांसद विकास कार्यक्रमको १० लाख बजेटबाट सभाहल निर्माण भएको
हो ।

कार्यक्रममा बोल्दै प्रदेश सभा सदस्य केदार कार्कीले समाज रुपान्तरणमा स-साना कुराको आबश्यकता रहने बताए । विकासका विविध पक्षमा आफ्नो ध्यान केन्द्रीत रहेको कार्कीको भनाइ थियो । कार्यक्रममा विराटनगर महानगर उपमेयर इन्दिरा कार्की,नेपाली कांग्रेस विराटनगरका कार्यबाहक सभापति अरुण न्यौपाने लगायतको उपस्थिती रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
फागुन २१ को मौसम पनि अनुकूल छ, निर्वाचनका निम्ति सुदृढ सुरक्षा व्यवस्था गरेका छौँः गृहमन्त्री अर्याल
दुर्गा प्रसाईंलाई बिनाशर्त रिहा गर्न राप्रपाका अध्यक्ष लिङ्देनको माग
नेपालमा पनि जेलेस्की उत्पादन गर्ने आशंकाकावीच भू-सामरिक राजनीति समेत जनतालाई बुझाउनु पर्छ : महामन्त्री घिमिरे

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल