Birat Post बिहिबार, साउन ०८, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ८ साउन ।
प्रदेश १ को बजेट अधिवेशन अन्त्य हुने भएको छ । आज बसेको मन्त्री परिषद्को बैठकले प्रदेश सभाको छैठौं तथा बजेट अधिवेशन साउन ९ गते शुक्रबार राती १२ बजे देखि अन्त्य गर्ने निर्णय गरेको हो । प्रदेश १ का आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले बजेट अधिवेशन शुक्रबार देखि अन्त्य गर्ने प्रस्ताव प्रदेश प्रमुख समक्ष पठाउने निर्णय गरेको जानकारी दिए ।

यस्तै मन्त्री परिषद्ले महालेखाको प्रतिवेदन प्रदेशसभामा पेश गर्ने प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ । प्रदेशका अस्थायी कर्मचारीको म्याद १ वर्ष थप गर्ने र सरुवा गर्न सम्बन्धित मन्त्रालयलाई जिम्मेवारी दिइएको छ । त्यसैगरी पर्यटन विकास नियमावली, वातावरण संरक्षण नियमावली, होमस्टे सञ्चालन तथा व्यवस्थापन कार्यविधि स्वीकृत गरेको छ ।

यस्तै ओखलढुंगामा यातायात व्यवस्था कार्यालय थप गरी सेवा सञ्चालन गर्ने,सामाजिक संस्था सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७७ प्रदेश सभामा पेश गर्न स्वीकृति प्रदान गर्ने निर्णय पनि मन्त्रीपरिषद्ले गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल