Birat Post मंगलबार, आश्विन ०६, २०७७ मा प्रकाशित

featured photo: Birat Post

शरीरका विभिन्न स्थानमा ,विशेष गरी घाटीमा स साना डल्ला पलाएको हुनसक्छ । कसैकोमा एउटा मात्र होला भने कसैकोमा सयवटा लुर्का होलान् । यी लुर्का हेर्दा डर लाग्न सक्छ ,तर यीनले खासै हानि गर्दैनन् ।

सौन्दर्यलाई भने यिनीहरूले बिगार्छन् । सौभाग्यवश, यस्ता लुर्का घरमै बसेर हटाउन सकिन्छ । चुक अमिलोले यी लुर्का हटाउन मद्दत गर्छन् । एप्पल साइडर भिनेगर स्याउबाट बनेको चुक अमिलोले सजिलै लुर्का हटाइदिन्छ ।

यसका लागि तपाईंले कपास चुक अमिलोमा डुबाउनुस् । त्यसपछि यसलाई छालामा पलाएको लुर्कामा दिनको दुई तीन चोटि घोट्नुस् ।

यो प्रक्रिया दिनदिनै दोहोर्‍याउनु भयो भने लुर्काको रंग परिवर्तन हुन्छ र आफैं झरेर जान्छ । यसो हुन लगभग एक हप्ता लाग्छ अलिक बढी पनि लाग्न सक्छ । त्यसैले धैर्य गर्नु जरूरी हुन्छ ।

मान्छेमा छालाका लुर्का जस्ता डल्ला पलाउनु सामान्य कुरा हो । यी हानीरहित छालाबाट झुन्डिएका साना र नरम बेलुनजस्ता देखिन्छन् । पुरुष र महिला दुवैमा छालाको लुर्को हुन सक्छ ।

कुनै कुनै लुर्का आफैं झर्छन् भने कुनै चाहिँ रहिरहन्छन् । यिनलाई मेडिकल भाषामा एक्रोकोर्डन भनिन्छ ।

एजेन्सी

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल