रोशिका अधिकारी शनिबार, मंसिर २७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर २७ मंसिर ।
नेपाली कांग्रेसका सहमहामन्त्री सुनिल थापाले कार्यकर्ताको मनोभावना अनुरुप उचित संबोधन गरिने बताएका छन् । उनले कार्यकर्ताको भावना अनुरुप नयाँ सदस्यता वितरण हुने र यसमा विवाद नहुने बताएका हुन् । कांग्रेसको आगामी महाधिवेशनका लागि नयाँ क्रियाशिल र सक्रिय क्रियाशिल सदस्यतालाई पूर्णता दिदै छ ।

शनिवार विराटनगर महानगरका मेयर भीम पराजुलीले गरेको चियापान कार्यक्रममा सरिक भएका थापाले जनताले चाहेको र खोजिरहेको ब्यवस्थामा आफु अडिग रहेको बताए । प्रजातन्त्र र लोकतन्त्र देशको समृद्धिको आधार भएको भन्दै उनले यसै अनुरुप अगाडी बढिरहेको बताए । गत साउनमा राप्रपा बाट कांग्रेस छिरेका उनी धनकुटामा प्रभावशालि नेताकारुपमा गनिन्छन् ।

कांग्रेसले यही मंसिर २९ गते देशव्यापीरुपमा गर्ने विरोध कार्यक्रम अन्तरर्गत धनकुटामा हुने विरोध कार्यक्रमका लागि उनी आएका हुन् । सोही सिलसिलामा विराटनगर आएका थापाले आफु प्रजातन्त्र,लोकतन्त्र र सुधारवादी चिन्तक भएको बताए । देशमा अमनचय र शान्तिका लागि बाकी रहेको जीवन लगाउने बताए ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल