Birat Post बुधबार, माघ ०७, २०७७ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ७ माघ ।
नेपाल चिकित्सक संघ कोशीको अध्यक्षमा डा.फरवार्ड सिलवाल निर्वाचित भएका छन् । सिलवालले ३ सय ६१ मत ल्याएर अध्यक्षमा निर्वाचित भएका हुन् । सिलवालका प्रतिस्पर्धी डा. कैलाश श्रेष्ठलाई ९० मत अन्तरले पराजित गरे । संघमा श्रेष्ठ समूहबाट वरिष्ठ उपाध्यक्ष, कोषाध्यक्ष र एकजना सदस्य गरी तीनजनाबाहेक सबै पदमा सिलवालको समूह निर्वाचित भएका छन् ।

संघको वरिष्ठ उपाध्यक्षमा श्रेष्ठ समूहबाट डा.सन्जिबकुमार ठाकुरले ३ सय १८ मत ल्याएर निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी डा. नविन कर्णले ३ सय २ मत प्राप्त गरेका छन् । उपाध्यक्षमा डा.बालकृष्ण साहलाई २५ मत अन्तरले हराउँदै डा. यज्ञराज खरेल निर्वाचित भए । खरेलले ३ सय २२ मत प्राप्त गर्दा साहले २ सय ९७ मत ल्याए । महासचिवमा डा. राजेन्द्र चौधरी निर्वाचित भएका छन्।

चौधरीले ३ सय ५१ मत ल्याएर विजयी भने डा. रविराज सिंहले २ सय ७५ मत प्राप्त गरे । कोषाध्यक्षमा डा. सुधिर श्रेष्ठले ३ सय १० मत ल्याएर निर्वाचित भए । उनका निकटतम प्रतिस्पर्धी सिलवन्त सेन श्रीवास्तवे ३ सय ६ मत ल्याए । सहकोषाध्यक्षमा डा. जुबिन सिलवालले ३ सय ८० मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी डा.सरवेस कुमार झाले २ सय ४८ मत प्राप्त गरेका छन्।

सहसचिवमा सुनिल रेग्मीले ३ सय ६८ मत ल्याएर निर्वाचित भए । उनका प्रतिस्पर्धी २ सय ५९ मत ल्याए । सदस्यहरूमा डा. रोशन खड्का, डा. अमरकुमार यादव, डा. अरबेन्द्रकुमार महतो, डा. अन्जु देव, डा. पार्थ गुरागाई र प्रेरणा दाहाल विजयी भएका छन् ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरमा ‘विराट स्पोर्ट्स जोन’ सञ्चालनमा आउँदै, गो–कार्टको समेत मज्जा लिन पाइने
लुम्बिनीको घातक बलिङ, विराटनगरलाई दियो १३५ रनको लक्ष्य
धनकुटा अस्पताल हस्तान्तरण भएसँगै मनमोहनमा विएससी नर्सिङको पढाई सुरु हुने

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल