Birat Post शनिबार, जेठ २२, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, २२ जेठ ।
कोभिड संक्रमितको उपचारमा थप सहजता प्रदान गर्ने उद्देश्यका साथ विराटनगरका नागरिक अगुवाद्धारा स्थापित ‘नागरिक केयर सेन्टर’ ले कोशी अस्पताललाई अटोमेटिक आरएनए एक्स्ट्र्याक्सन किट प्रदान गरेको छ । किट अभावका कारण द्रुगतिमा गरिने परिक्षण सेवा केहीदिनयता अबरुद्ध हुदै आएको थियो । किट नभएकै कारण परिक्षण रोकिएपछि नागरिक केयरसेन्टरले चीनबाट किट आयात गरि प्रदान गरेको हो ।

शनिबार एक अनौपचारिक कार्यक्रमका बीच विराटनगर महानगरका मेयर भीम पराजुली,नागरिक केयर सेन्टरका अध्यक्ष पवन सारडाले कोशी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट चुमनलाल दासलाई २ हजार पिस किट प्रदान गरेका छन् । किटको उपलब्धता संगै उक्त मेसिन शनिबारबाटै सञ्चालनमा आउने दासले जानकारी दिए ।

कार्यक्रममा नागरिक केयर सेन्टरका उपाध्यक्ष  द्धय  नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरे र  मोरङ व्यापार संघका अध्यक्ष प्रकाश मुन्दडा,उद्योगी नबिन रिजाल र सदस्य सचिव पुनमकुमार दाहाल लगायतको सहभागिता रहेको थियो । यसभन्दा अगाडी विराटनगर महानगरका मेयर भीम पराजुलीको संयोजकत्वमा कोभिड राहत कोषसमेत बनाएर सेवामा जुटेको रुपान्तरितरुप नागरिक केयर सेन्टरले कोशी कोभिड अस्पतामा १ सय बेडको हस्पिटल बनाएर प्रदेश सरकार मार्फत कोशी अस्पताललाई हस्तान्तरण गरेको थियो ।

उद्योगी तथा पूर्वसंविधानसभा सदस्य पवन सारडाको अध्यक्षतामा बनेको १३ सदस्यीय ‘नागरिक केयर समिति’ ले अहिले पनि सक्रियरुपमा काम गरिरहेको छ ।

सम्बन्धित

ताजा अपडेट
भारत-पाकिस्तान द्वन्द्वले सीमा क्षेत्रमा हाई अलर्ट, नेपाली भूमिमा समेत भारतीय निगरानी बढ्दो
अबैध रुपमा बंगलादेशी नागरिक नेपाल आइरहेको खुलासा
विपिन जोशीबारे इजरायली अधिकारीहरूले गरे यस्तो गम्भीर आशंका

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल