Birat Post बिहिबार, आश्विन २८, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२८ असोज ।
विराटनगर महानगरका मेयर भीम पराजुली धार्मिक कर्ममा बढी रुचि राख्छन् । उनले महिना दिनमा पर्न आउने ब्रत बाहेक विशेषरुपमा बडा दशै अर्थात नवरात्र भरी अन्न ग्रहण नगरी देवीको आरधना गर्ने गरेका छन् भने छठ पर्वमा झण्डै ३ किलोमिटर दण्ड प्रमाण गर्दै घाट सम्म पुग्ने गरेका छन् ।

सदाका वर्ष झै यस वर्ष पनि नवरात्र भरी अन्न ग्रहण नगरीे मेयर पराजुलीले देवी पुजन गरेका छन् । विहिबार नव रात्रको नवौ दिन पराजुलीले नव कन्याहरुको पुजन,होम होमादी समेत गरेका छन् । अखण्डरुपमा घटस्थापना देखि दशमी सम्म अन्न ग्रहण नगरी उनले धार्मिक अनुष्ठान गरेको धार्मिक अभियन्ता अनन्त पराजुलीले जानकारी दिए ।

नगरवासी तथा देशवासीहरुको सुख शान्ति तथा दीर्घजीवनको कामना गर्दै अनुष्ठान गरेको बताईएको छ । धार्मिक कर्म गर्दा शान्तिको महसुस हुने बताउने पराजुली सानै उमेरदेखि धार्मिक कर्म र अनुन्ठानका कार्य समेत गर्दै आएका छन् । हिन्दु धर्म मान्यता अनुरुप विजया दशमीको नवौ दिन नव कन्याहरुको पुजनलाई विशेष नारी शक्ति स्वरुपाको पुजनकारुपमा लिइन्छ ।

धर्म,सस्कृति संरक्षणका सवालमा सक्रिय पराजुली विराटनगरलाई विशेष धार्मिक नगरीकारुपमा विकास गर्न चाहन्छन् भन्ने कुरा उनले वेला वेला दिने अभिव्यक्तिहरुले स्पष्ट पार्दछ ।

सम्बन्धित

ताजा अपडेट
महिलाहरुलाई लक्षित गर्दै पाठेघर स्क्रिनिङ चेकजाँच शिविर
विराट गोल्डकप फुटबल प्रतियोगिताको तयारी पुरा, उद्घाटनमा भुटान र नेपाल पुलिस भिड्दै
नेपालमा नास्तिकता फैलाउन अमेरिकाले कुनै लगानी नगरेको थम्पसनको स्पष्टोक्ति

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल