Birat Post शुक्रबार, पुष ०९, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,९ पुस ।
विराटनगर महानगरपालिकाले हिमालय रोडको सौन्दर्यकरणका लागि शुरु गरेको अभियानका विषयमा अतिरन्जित गर्न खोजिएको बताएको छ । उसले परियोजनाका विषयमा सरोकारवाला नागरिक र स्थानीयहरुसँग पर्याप्त छलफल गरेरनै यो कार्यक्रम ल्याएको जनाएको हो ।

विराटनगरको ऐतिहासिक महत्व बोकेको तथा जनआन्दोलन रोडकारुपमा समेत पहिचान बनाएको उक्त रोडको गरिमा अझ बढ्ने गरी ब्युटिफिकेसन गर्न लागिएको महानगरको भनाइ छ । महानगरका मेयर भीम पराजुलीले स्थानीय घरधुरी संग निर्माणका विषयमा गुरुयोजना बनाउदै सहमति गरिएको,स्थानियको सुझावका आधारमा निर्माणका कार्यहरु समाविष्ट गरिएको,रोड ब्लक नहुनेगरी आवागमन व्यवस्थित गर्न लागिएको,रथयात्रा गर्नका लागि समेत समस्या नपर्ने,एम्बुलेन्स,दमकल जस्ता अत्याबश्यक आवागमन समेत नरोकिनेगरी र पार्किङको समेत व्यवस्थापन हुनेगरी व्युटिफिकेसन गर्न लागिएको जानकारी दिए । टेलिफोन सम्वादमा कुरा गर्दै मेयर पराजुलीले भने “विकासका कुरामा नगरवासी कसैले पनि अवरोध नगरौ,जनताको चाहना अनुरुपनै विकास गर्ने हो ,काम गर्न दिउ ।”

हिमालय रोडको सौन्दर्यकरणका विषयमा केही मानिसहरुले विरोध गर्दै आएका छन् । यसमा केही पसलव्यवसाय गर्ने मानिसहरु पनि छन् । स्थानियका अनुसार कोठाभाडा बढ्ने हो की भन्ने चिन्ताका साथ केही मानिसहरुले भ्रम फैलाइरहेको बताइन्छ । यद्यपी यो भ्रम र आरोप प्रत्यारोपको खेतिका कारण विराटनगरमा हुन लागेका विकास निर्माणका कार्यहरु एक पछि अर्कोले पूर्णता पाउन सकिरहेको छैन ।
दिगोविकासका क्षेत्रमा काम गर्दै आएका शाहिल श्रेष्ठ स्थानियको सुझावका आधारमा गर्न खोजिएको काममा बाहिरी मानिसको हस्तक्षेप नियोजित देखिन्छ । विकासको काममा राजनिति गरिरहने हो भने विराटनगरको विकास कहिले हुने ।

भारतको सिक्कीम राज्यको गान्तोकमा रहेको महात्मा गान्धी रोड (एमजी रोड) स्वरुपमा परिवर्तन गर्ने गरि विराटनगर महानगरपालिकाले यो योजना अगाडी सारेको हो ।उक्त सडकलाई केही महिनाभित्रै सक्ने महानगरको योजना छ । १ सय ५० मिटर दुरी रहेको हिमालय रोडलाई नयाँ स्वरुप दिन लागिएको छ । सिक्किमको एमजी रोड कै डिजाईनमा बन्न लागेको रोडमा घुम्न आउनेहरुलाई बस्ने ठाँउ, सडक मै खान सकिने गरिको स्ट्रिट फुडका स्टलहरु , सडकको दुबै किनारमा आकर्षक रंगरोगन सहितको मार्बल ओछ्याउनको साथै फुलका गमला राखेर साज सजावट गरिने महानगरले जनाएको छ ।

साथै रोडमा रातको समयमा बिद्युत जाँदा पनि बत्ती बलिरहने गरि सोलार बिजुली, र सिसि क्यामारा जडित आकर्षित मुर्तिहरु राखिने भएको छ । सडकको दुबै किनारमा भएका भवनहरुलाई आकर्षक रंग लगाइने बताइएको छ ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल