Birat Post शुक्रबार, फाल्गुण २७, २०७८ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२७ फाल्गुन ।
नेपाली कांग्रेस जिल्ला कार्य समिति मोरङको तेस्रो बैठक सम्पन्न भएको छ । जिल्ला पार्टी कार्यालय बिराटनगरमा बसेको बैठकले १० वटा प्रस्ताबहरु पास गरेको छ । आसन्न स्थानिय निर्वाचनमा १७ वटै स्थानिय तहमा नेपाली नेपाली कांग्रेसलाई बहुमतका साथ बिजय बनाउने भन्ने बिषयमा बैठक केन्द्रीत रहेको जिल्ला सभापति डिग बहादुर लिम्बुले जानकारी दिए। बैठकले पार्टीका युवा सदस्यहरुलाई बिशेष जिम्मेवारी दिएको छ।
आज बसेको बैठककका निर्णयहरु :

१. जिल्ला सभापती डिग बहादुर लिम्बु, सचिव ललित श्रेठ र कोषाध्यक्ष सन्जु अधिकारीको नाममा संयुक्त नाममा रहनेगरी बैंक खाता संचालन गर्ने ।

२. प्रशिक्षण शाखा प्रमुखमा जिल्ला उपसभापती भक्तिनाथ माझी संयोजक रहनेगरी १५ सदस्य समिति २ दिनभित्र गठन गर्ने जिम्मेवारी संयोजन माझीलाई दिने।

३. नेपाली कांग्रेस मोरङको आर्थिक गतिबिधि चलायमान बनाउन जिल्ल्ला कोषाध्यक्ष रन्जु अधिकारी संयोजक रहनेगरी ४ सदस्य समिति गठन गरिएको छ। समितिको सदस्यहरुमा , नागेश कोईराला, गोपाल बहादुर थापा र संतोष अटललाई चयन गरिएको छ।

४. नेपाली कांग्रेस जिल्ला कार्यसमिति मोरङले आयोजना गर्ने बार्षिक कार्यक्रमहरु सम्पूर्ण सदस्यहरुको सुझाव सहित समितिले तयार पारेको प्रतिवेदन तथा बार्षिक कार्यक्रमहरु बहुमतले पारित गरियो।

५ . घर-घरमा जाऔँ, कांग्रेस जिताउ अभियान सञ्चालन गर्न मोरङ जिल्लामा रहेको १५९ वटा वडाहरुमा कार्यक्रमहरु संचालन गर्न नगर सभापति ,प्रदेश सभा सभापति ,क्षेत्रिय सभापतिहरुले दिएको सुझावको आधारमा वडा स्तरमा खट्ने प्रतिनिधिहरुको सुची तयार गरि जिम्मेवारी प्रदान गरिएको छ।

६. जिल्लाको आजको बैठकले अनुशासन समितिमा तयार गरेको छ। समितिको सयोजकमा जिल्ल्ला सदस्य तथा अधिवक्ता मधुसुदन चौधारी रहेका छन् भने सदस्यहरुमा जिल्ला सदस्य गणेश थापा र बविता कुमारी चौधरीलाई जिम्मेवारी प्रदान गरिएको छ।

७. भातृ संस्थाहरुको हकमा कार्य समिती भएकालाई सक्रिय बनाएर परिचालन गर्ने । संगठन नभएको स्थानमा तदर्थ समिती बनाएर संगठनलाई क्रियाशिल गराउदै स्थानिय तहको निवार्चनमा नेपाली कांग्रेसलाई जिताउने माहोल बनाउने।

८. फाल्गुन २९ गते स्थानिय निर्वाचन सम्बन्धी वातावरण बनाउन पार्टीले देश भरी एकै चरणमा कार्यक्रम सुरु गर्ने निर्देशन गरेको हुनाले विराटनगर महानगरपालिका वडा न ८ मा केन्द्रीय प्रतिनिधि तथा केन्द्रीय सदस्य श्री केशव कुमार बुढाथोकी रोहबरमा कार्यक्रमको उद्धघाटन गर्ने।

९. वडा स्तरमा खटने प्रतिनीधिहरुलाई बर्तमान राजनितीक अवस्था र एमसिसि सम्बन्धि चैत्र २ गते नेपाली काङ्ग्रेस जिल्ला कार्य समितिको भवन बिराटनगरमा बिहान ११ बजेदेखि प्रशिक्षण दिने।

१०. जिल्लाको १५९ वटा वडामा एकै चरणमा जिल्ला प्रतिनिधि चैत्र ०६ गते देखि खटाउने , चैत १३ गते जिल्लाको सबै पालिकाहरुमा कार्यक्रम संचालन गर्ने ,चैत १५ गते प्रदेश सभामा गर्ने चैत १९ गते क्षेत्रमा कार्यक्रम संचालन गर्ने र चैत २४ गते जिल्लामा कार्यक्रम संचालन गर्ने जिल्ला सभापति डिग बहादुर लिम्बुले बताए।

आज बसेको बैठकमा केन्द्रीय प्रतिनिधि नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशव कुमार बुढाथोकी ,प्रदेश १ का बन मन्त्री शेखरचन्द्र थापा ,प्रदेश सांसदहरु ,नेपाली कांग्रेस प्रदेश १ प्रतिनिधि ,जिल्लाको १७ वटै पालिकाहरुको सभापति ,प्रदेश सभा सभापति ,क्षेत्रीय सभापति लगायतको उपस्थिति रहेको जिल्ल्ला सचिव मोदराज घिमिरेले जानकारी दिए ।

सम्बन्धित

ताजा अपडेट
राहत एवम् पुनः निर्माण कोष निर्माण गर्न माओवादी कोशी प्रदेशको माग
यस वर्षको मनसुन बाहिरिदै,दसैँ घमाइलो हुने सम्भावना
आश्विन शुक्ल पञ्चमी : स्कन्दमाताको पूजा आराधना गरिँदै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल