विराटनगर ,२६ चैत्र ।
नेपाल ,चीन कार्यकारी परिषदले विराटनगर महानगरपालिकालाई विभिन्न स्वास्थ्य सामाग्री प्रदान गरेको छ । काेराेना संक्रमणकाे सम्भावित अवस्थालाई मध्यनजर गर्दै परिषद्ले झन्डै २० लाख भन्दा बढिकाे सामान महानगरलाई उपलब्ध गराएको हाे ।
परिषद्का प्रदेश १ काेडिनेटर मुकेश उपाध्यायले शनिबार विराटनगर महानगरका मेयर भीम पराजुलीलाई उक्त सामान हस्तान्तरण गरेका थिए । विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई लक्ष्यित गरि मास्क ,फेससिल्ड,ग्लाेव्स र अन्य स्वास्थ्य सामाग्री रहेको काेडिनेटर उपाध्यायले जानकारी दिए ।
परिषद्ले प्रदान गरेको स्वास्थ सामाग्री आबश्यक प्रयाेजनमा प्रयाेगमा आउनेछ मेयर पराजुलीले भने । अझै पनि काेराेना संक्रमित भेटिने गरेकोे र यसकाे आगामी जटिलता के हुने हाे भन्नेनै छ । संक्रमणकाे उच्च अवस्थामा समेत सहयोग गर्ने सवैमा मेयर पराजुलीले धन्यवाद दिएका छन् ।