Birat Post मंगलबार, बैशाख २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

पदम इस्वो लिम्बु धरान–१९ का स्थायीवासिन्दा हुनुहुन्छ । नेकपा एमालेमा लामो सयम राजनीति गर्नु भएका लिम्बु २०५४ सालको निर्वाचनमा १९नं. वडाको अध्यक्ष भएर पनि काम गर्नु भएको अनुभव छ । तत्कालिन मेयर मनोजकुमार मेन्याङ्वो हुदा धरानलाई जनसहभागिताको शहर बनाइएको थियो । उक्त अभियानमा लिम्बु पनि सहभागित हुनुहुन्थ्यो । पेसाले अभिवक्ता लिम्बु धराने जनताको दुखदुख बुझेका एउटा सालिन, कर्मठ र योग्य नेताको रुपमा परिचित हुनुहुन्छ । उहाँको योगदन, अनुभवकोआधारमा नेकपा एमालेले उहाँलाई धरान उपमहानगरपालिकाको उपमेयरमा उम्मेद्वार बनाएको छ । यहाँका चुनावी एजेण्डा र धरानको समृद्धका लागि उहाँले बनाउनु भएको योजनाबारे गरिएको कुराकानीको सार यहाँ प्रस्तुत गरिएको छ ।

घरदैलो अभियानमा मतदाताबाट कस्तो प्रतिक्रिया पाउँदै हुनुहुन्छ ?
– घरदैलो अभियानमा सबैभन्दा बढी त खानेपानीकै कुरा उठेको छ । वितरण प्रणाली चुस्त दुरुस्त नभएको भन्ने गुनासो आएका छन् । यसबारेमा मैले उहाँहरूलाई ३ देखि ५ महिनाभित्र सबै समस्या हल गर्न सकिने बताउँदै आएको छु । धरान खानेपानी आयोजनाको तथ्य पनि त्यही हो । पछि थपिएका विष्णुपादुका र पाँचकन्यासहित सिङ्गो धरानका लागि खानेपानीको मेघा प्रोजेक्टमार्फत दीर्घकालीन आयोजना आवश्यक छ । त्यसबारेमा नेकपा (एमाले) जनताका लागि काम गर्न तयार छ । जनताको उत्साह राम्रो पाएका छौं । एमालेमा जनलहर छ । हामी प्रति उहाँहरुको विश्वास छ । त्यो उहाँहरुको विश्वासलाई जीवित राख्ने हामीले प्रतिबद्धता जनाएका छौं ।

च्ुनाव जित्ने तपाईंको एजेण्डा के छन् ?
– यो धरान भनेकै आदिवासी जनजातिको सहर हो । लाहुरेहरूले बनाएको सहर हो । यो तथ्य जगजाहेर छ । त्यसैले धरानमा बसोबास गर्ने सबै जातजाति र समुदायको हितमा काम गर्दैै जाने एमालेको योजना हो । केन्द्र र प्रदेशसँग सहकार्य गरेर धरानको पहिचान विजयपुर क्षेत्रलाई ऐतिहासिक, पुरातात्विक, धार्मिक पर्यटकीय गन्तव्यस्थल बनाउने हाम्रो एजेण्डामै छ । जनजाति समुदायका भाषा, लिपिलाई प्रोत्साहित गर्नुपर्छ भन्ने मान्यता राख्ने मान्छे हुँ म । नगरका विद्यालयहरूमा आफ्नो भाषा, लिपि सिक्न चाहनेहरूका लागि शिक्षक र पठन–पाठनको व्यवस्था हुनुपर्छ भन्ने मान्छे हुँ म । कला, संस्कृतिको जगेर्नाका लागि एमालेको एजेण्डा नै छ ।

धरानको कोर एरियाको बारेमा तपाईंको धारणा नि ?
– धरानको कोर एरियामा विराटनगरको रानीदेखि सङ्खुवासभाको किमाथाङ्कासम्मको राष्ट्रिय गौरवको सडक विवादित छ । मुख्य बजारबीच भएर जाने बाटो ६ लेन नभएर सहरी सडकमा विस्तार गर्ने र रानी–किमाथाङ्का सडकलाई बाइपास गर्न मेरो पहल हुनेछ ।

धरानमा गठबन्धन दललाई हराउने आधार के छ ?
– गठबन्धन एकातिर भए पनि एमालेलाई नै हो धरानका जनताले रोज्ने । उपनिर्वाचनमा काङ्ग्रेसले जनतालाई नराम्रो गरी झुक्यायो । गरेका प्रतिज्ञा पूरा गरेन । गठबन्धन आफैमा झनझन विवादित र विभाजित बन्दै गएको छ । राष्ट्रियताको सवालमा पनि गठबन्धन दल दोचारे छ । तर, एमाले चट्टानी अडान लिएर उभिएको छ । यो तथ्य धरानको युवादेखि वृद्धवृद्धा मतदाताले बुझेका छन् । अर्को कुरा, एमालेकै जनप्रतिनिधिहरूले धरानमा सर्दु र सेउतीलगायतमा १० वटा पुल बनाएर गाउँसँग धरानलाई जोडिदिएका छन् । त्यसो त एमालेका तारा सुब्बाकै पालामा सप्तरङ्गी पार्क, शिवजट्टाको सौन्दर्यीकरण, कोकाहा ड्याम, व्यवस्थित वधशाला, खेलग्रामका डीपीआर पहिल्यै बनिसकेका छन् । यसर्थ पनि एमालेले राम्रो गरेको छ भन्ने सन्देश गएकाले गठबन्धन पराजित हुने निश्चित छ । एमालेले धरान उपमहानगरमा सेवाग्राहीलाई धेरैभन्दा धेरै सुविधा दिने लक्ष्य राखेको छ । कर प्रणालीलाई व्यवस्थित गर्ने, अनलाइन सिस्टममा घरैबाट कर तिर्ने व्यवस्था गर्ने, वित्तीय सङ्घीयता लागू भएकाले वडाबाटै सेवा प्रवाह गर्ने, इलेक्ट्रोनिक्स विलिडङ परमिट सिस्टमअनुसार नक्सा पास वडामै गर्नेजस्ता योजनाहरू एमालेसँग छ । त्यो हामी गर्न सक्छौं ।

उपमेयरका लागि योग्य कसरी हुनुहुन्छ तपाईं ?
–म साविक धरान–१९ को ०५४ सालको चुनावमा निर्वाचित वडाध्यक्ष पनि हुँ । त्यसबाहेक २५ वर्ष त मैले कानून व्यवसायी भएर काम पनि गरेको छु । न्याय निरूपणमा मेरो दख्खल छ । मनोज मेन्याङ्बो धरानको मेयर भएको बेला नीति निर्माण गर्दा यहाँको दीर्घकालीन भिजन दिनेमध्ये म पनि हुँ । मलाई धरानको समस्या कसरी समाधान गर्ने, नगरवासी सेवाग्राहीको समस्यालाई कसरी समाधान गर्ने, धरानको विकास निर्माणको समग्र स्केच कसरी बनाउनु पर्छ भन्ने थाहा छ । म धरान फुटबल क्लबको संस्थापक सदस्य पनि भएकाले धरानलाई खेलकुदको सहर कसरी बनाउन सकिन्छ भन्ने खाका पनि छ । युवा स्वरोजगार, लागूपदार्थ नियन्त्रण, न्याय सम्पादनमा निष्पक्षताबारे मलाई राम्रो जानकारी भएकाले म धरानको लागि एमालेको तर्फबाट योग्य उम्मेदवार हुँ भन्ने प्रमाणित गर्न सक्छु ।

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल