Birat Post बिहिबार, जेठ १२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

 विराटनगर १२ जेठ ।

कोशी अस्पताल भित्र दिईने सेवा र डाक्टर रहने समयको बारेमा जानकारी दिने खालका बोर्ड र संकेतहरु राख्ने अस्पताल प्रशासनले प्रतिबद्धता जनाएको छ । संवाद समुहको आयोजनामा विराटनगरमा भएको संवादको क्रममा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.यज्ञ खरेलले यस्तो प्रतिबद्धता ब्यक्त गरेका हुन् । उनले अस्पतालका सूचना सेवाग्राहीले पाउनेगरी राख्ने बताए । यस्तै अस्पताल भित्र, बिभिन्न बहानामा फोहोर गर्नेलाई कानुन अनुसार कार्वाही गरेर जाने र फोहर व्यवस्थापनमा ध्यान दिने बताए ।
अस्पताल सुधारमा उपभोक्तावादी र दलहरुको प्रतिबद्धता
सम्वाद समुहमा भएको छलफलमै अस्पताल सुधारका लागि दलहरुले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । नेकपाएकिकृत समाजवादीका नेता महेश रेग्मीले अस्पतालको गेट देखि भित्रैसम्म सिटी र अटोकाकारण समस्या रहेको औल्याए । नेपाली कांग्रेसका उपसभापति भक्तिनाथ माझीले सरसफाईमा धेरै काम भए पनि नागरिकका समस्यामा अस्पतालले अझै काम गर्न नसकेको बताए । नेकपा एमालेका सचिव रुपेश खतिवडाले अस्पताल सुधार गर्दैछौँ भनेपनि सामान्य नागरिकले सेवा पाउन निक्कै गाह्रो रहेको बताए । ‘अस्पतालले सरसफाईका मापदण्ड पुरा नगरेको आरोप लगाए ।
लोसपाका जिल्ला अध्यक्ष मोहम्मद कादिरले नागरिकले उपचार गर्न आउँदा फोन गरेर आउनु पर्ने बाध्यता रहेको बताए । उनले पहिलाको भन्दा अहिले अस्पतालको ब्यवस्थापकीय रुपमा केही सुधार भएको बताए । कर्मचारीको ब्यवहारमा परिवर्तन गरिनु पर्ने उनको सुझाव छ ।
राप्रपाका सचिव टंक गुरागाईले अस्पताल कस्तो बनाउने भन्ने हातप्रशासनको जिम्मेवारी लिएका ब्यक्तिको हुने बताए । उनले बिशेषज्ञ डाक्टरकोमा जाँदा मुखथुनेर जानु पर्ने अबस्थाको अन्त्यहुनु पर्ने बताए ।
उपभोक्तावादी संस्था पब्लिक फोरमका अध्यक्ष उत्तम ढुंगेलले सूचना प्रणालीलाई ब्यवस्थित गर्नु पर्ने बताए । अनुहार चिनिने मान्छे गयो भने सहजै्र उपचार पाउने र नयाँ ब्यक्ति उपचारको लागि गयो भने अलमल पर्नु पर्ने अबस्थाको अन्त्य गर्न उनले आग्रह गरे ।

 

सम्बन्धित

ताजा अपडेट
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा
‘नारदमुनि पवित्रादेवी लुईटेल स्मृति कोष’द्वारा पत्रकार विक्रम निरौला सहित ५ जना सम्मानित
भोजपुर हत्याकाण्ड : मृतक सबैको शव परीक्षणका लागि सदरमुकाम लगियो

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल