Birat Post बिहिबार, जेठ १९, २०७९ मा प्रकाशित

featured photo: Birat Post

बाँके,१९ जेठ ।

बाँकेको नेपालगञ्जमा स्वर्गीय राजा वीरेन्द्रको शालिक राख्नेक्रम झडप भएको छ । दोस्रो जनआन्दोलनका क्रममा राजा वीरेन्द्रको शालिक हटाइएको थियो । बिहीबार दरबार हत्याकाण्डको दिन पारेर स्थानीयले नेपालगञ्जस्थित धम्बोजी चोकमा राजा वीरेन्द्रको शालिक राख्ने प्रयासमा प्रहरीले रोक्न खोजेपछि झडप भएको हो ।

प्रहरीले धम्बोजी चोकमा वीरेन्द्रको शालिक राख्न नदिएपछि झडप भएको हो । तनावग्रस्त बनेको स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले हवाइ फायर र अश्रुग्याँस प्रहार गरेको छ । झडपका क्रममा स्थानीय र सुरक्षाकर्मी गरी एक दर्जन जति घाइते भएका छन् ।

धम्बोजी चोकलाई २०६२६३ को जनआन्दोलनसम्म वीरेन्द्र चोक भनिन्थ्यो भने त्यहाँ वीरेन्द्रकै शालिक थियो । जनआन्दोलनका क्रममा वीरेन्द्रको शालिक तोडफोड गरेर घटाएपछि बिहीबार फेरि शालिक राख्ने प्रयास भएपछि प्रहरीले हस्तक्षेप गररेको हो ।

केही स्वतन्त्र अभियन्ता, राष्ट्रवादी युवा समूह र राप्रपाका नेता कार्यकर्ताहरुले  वीरेन्द्रको शालिक राख्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । उनीहरुले राखेको वीरेन्द्रको शालिक अहिले प्रहरीले हटाएको छ । प्रहरीको हस्तक्षेपविरुद्ध आक्रोशित भएर विरोधमा उत्रिएकाहरुले सेतु विक चोकमा राखिएको सहिद सेतु विकको शालिक पनि हटाएका छन् । राजा वीरेन्द्रको शालिक राख्नका लागि सरकार आफै लाग्नु गलत भएको भन्दै सामाजिक सन्जालमा विरोध भइरहेको छ । अभियन्ताहरुले इतिहासको अपमान गर्न नमिल्ने भन्दै ब्यापक आन्दोलनमा उत्रने तयारी गरिरहेका छन् ।

सम्बन्धित

ताजा अपडेट
रौतहटमा स्कारपियो दुर्घटना हुँदा ८ जनाको मृत्यु, पाँच जना घाइते
सहकारी ठगीमा रवि र छविलाई वीरगञ्जमा बयान लिइँदै
देशभर पश्चिमी वायुको प्रभाव, तराई तथा उपत्यकामा हुस्सु

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल