Birat Post आइतबार, जेठ २२, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर,२२ जेठ ।

विश्व वातावरण दिवसका अवसरमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरका निवर्तमान मेयर भीम पराजुली वृक्षारोपण कार्यक्रममा सहभागी भए । सोमबार विराटनगरको एयरपोर्टको सडक सौन्दर्यीकरण अभियानमा सरिक भएर सडकको दाया.बाया वृक्षारोपण कार्यक्रम गरे ।

मेयर पदमा रहदा सडक सौन्दर्यीकरण अभियान चलाएका उनको त्यो योजना समय अभावमा पूर्णता पाउन सकिरहेको थिएन । यद्यपी ९० प्रतिशत काम पूरा भइसकेको छ । एयरपोर्ट रोड सौन्दर्यकरण उपभोक्ता समिति मार्फत यो काम सम्पन्न हुने चरणमा छ । उपभोक्ता समितिको अध्यक्षमा पुण्य प्रसाद भट्टराई रहेका छन् । उनी पर्यटन तथा होटल व्यवसायी पनि हुन् । विराटनगर महानगरद्वारा प्राप्त ९६ लाख ११ हजार ३ सय २९ रुपैयाको लागतमा यही आर्थिक वर्ष २०७९ जेठ मसान्त भित्र सौन्दर्यीकरण भइसक्नेछ ।

सडकका दुवै पेटीमा २ सय सोभर प्लान्ट रोपिएको छ । वृक्षारोपण कार्यक्रममा बोल्दै निवर्तमान मेयर पराजुलीले सौन्दर्यीकरणका लागि थालेका कामहरु पुरा हुदै गर्दा खुसी लागेको बताए । उपभोक्ता समितिले निस्वार्थ भावनाका साथ काम गरिरहेकोमा प्रशंसा गरेका थिए । उनले वातावरण दिवसलाई नेपालको संविधानले प्रदत्त गरेको स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउनका लागि प्रण गर्ने दिनका रूपमा लिनुपर्ने बताए ।

सबैले आफू वरिपरि रहेको वातावरण सुधार गर्ने तथा वायु, जल एवं भूमि प्रदूषणबाट परिरहेको असर कम गर्न सवैको भूमिका आबश्यक रहने बताए । कार्यक्रममा गैह्र सरकारी संस्था इन्शेकका प्रदेश प्रमुख सोम थापा, वडा नं. ४ का वडा सदस्य तुलसी घिमिरे ,नेपालि सेना , नेपाल प्रहरीका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।

सम्बन्धित

ताजा अपडेट
एमालेसँगको गठबन्धनको विकल्प नरहेको कांग्रेसको निष्कर्ष
निर्धारित समयमै पार्टीको महाधिवेशन हुनुपर्नेमा कोइरालाकाे जोड, गठबन्धको औचित्यमा प्रश्न
रेडक्रस मोरङले “रेडि” कार्यक्रम अन्तरगत जहदा गाउँपालिकामा १३ सय विरुवा रोप्दै

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल