Birat Post बुधबार, जेठ २५, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२५ जेठ ।
विराटनगरका उद्योगी व्यवसायीको तीन संगठनहरुले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटले स्टिल उद्योग, वनस्पति घ्यूतेल उद्योग र सेनिटरी प्याड उद्योगलाई संकटमा पार्ने भन्दै आन्दोलनको चेतावनी दिएका छन् ।

मोरङ व्यापार संघ, उद्योग संगठन मोरङ र नेपाल उद्योग परिसंघ प्रदेश १ ले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै यस्तो चेतावनी दिएका हुन् । आफ्ना मागहरुको सम्बोधन गर्ने र बजेटको व्यवस्था सच्याउने प्रतिबद्धता नआए भोली बिहिबार बाटै सडक आन्दोलनमा उत्रने चेतावनी उद्योगीको छ ।

स्थिति असमान्य भए पछि यो अवस्थामा पुगेका हौ , मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले भने । उद्योग चलाउन नसक्ने अवस्था छ ,यसमा मजदुरहरु समेत सहमत छन् । हामी उद्योगी र मजदुर भएर आन्दोलन गर्छौ ।

‘गत २२ मे २०२२ बाट भारत सरकारले आफ्नो मुलुकमा फलामजन्य सामाग्रीको बढ्दो मूल्य नियन्त्रण गर्न कच्चा पदार्थ अर्थात् एम एस वायर रोड को निर्यातमा १५ प्रतिशत अन्तशुल्क लगाएको छ । यस संगै नेपाल सरकारले आर्थिक वर्ष २०७९/८० को बजेटबाट भन्सार महशुलमा ५ बाट १० प्रतिशत तथा अन्तशुल्कमा रु.२५०० बाट ४५०० प्रति मेट्रिक टन कायम गरेको छ ।

कच्चा पदार्थ आयात गरी वस्तु उत्पादन गर्ने स्वदेशी उद्योगको भन्दा तयारी वस्तु आयात गर्दा प्रति मेट्रिक टन १५ हजार ४३ रुपैयाँले सस्तो पर्न जाने उद्योग संगठन मोरङका अध्यक्ष सुयस प्याकुरेल बताउछन् । यस्तो अवस्थाले देशका अधिकांश उद्योगहरु धरासायी बन्न पुग्ने प्याकुरेलको भनाइ छ । उद्योगीहरुले वनस्पति घ्यूतेल उद्योगमा पनि अहिलेको बजेटले प्रभाव पारेको बताएका छन् ।

दीर्घकालिन असर पार्नेखालका समस्या समाधानमा सरकारले वेलैमा नसच्याए देशकै लागि दुर्भाग्य हुने नेपाल उद्योग परिसंघ प्रदेश १ का अध्यक्ष भीम घिमिरेले बताए ।

सम्बन्धित

ताजा अपडेट
प्रयोगबिहीन झोलुङ्गे पुल सारिने
स्वास्थ्यमा महसुस हुने गरी काम हुँदै छ, बीमा ५ लाख पुग्छः स्वास्थ्यमन्त्री
सशस्त्र प्रहरी बल, सीमा सुरक्षा गुल्म रानीद्धारा माटोसहितको गमला र बिरुवा नष्ट

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल