Birat Post शनिबार, जेठ २८, २०७९ मा प्रकाशित

featured photo: Birat Post

इतिहास, काल र धर्म संग जोडिएको अनुपम स्थल वराहक्षेत्र नेपालका सुन्दर धार्मिक र पर्यटक स्थल मध्ये वराहक्षेत्र पनि एक उत्कृष्ट नमुनाको रूपमा सुनसरी जिल्लाको वराह नगरपालिका वडा नं १ मा पर्छ । कोका र कौशी नदीको संगममा पर्ने यो स्थान ब्रह्मपुराण, वराहपुराण र स्कन्दपुराण लगायतका पुराणहरू र महाभारत महाकाव्यमा समेत उल्लेखित गरिएको तथा महिमा गाइएको यो स्थान नेपालको सबै भन्दा पुरानो मध्येको एक देवस्थल हो ।

वराहक्षेत्रमा वराह अवतार भगवान विष्णुको पूजाआजा हुने गर्दछ।यो स्थान सुनसरी सदरमुकाम इनरुवा देखी करिव ३० कि.मी पुूर्व उत्तरमा अवस्थित छ।सत्ययुगमा भगवान विष्णुले वराह अवतार धारण गरि धर्तिलाई पातालमा विलिन हुनबाट बचाउन २२ दिनसम्म हिरणक्ष नामक दैत्यसँग युद्ध गरि विजय प्राप्त भएपश्चात्आफ्नो क्रोध र थकानबाट मुक्ति पाउनु भएको स्थान कोका र कौशिकी नदीबिचको सङ्गम स्थल हो वराहक्षेत्र। प्राकृतिक, धार्मिक सांस्कृतिक र ऐतिहासिक दृष्टिकोणले पनि वराहक्षेत्र निकै प्रसिद्ध रहेको छ।

विराहक्षेत्रको मूल मन्दिरको वर्तमान स्वरूप वि.सं. १९९१ सालको हो । वि.स. १९९० माघ २ गतेको भूकम्पबाट यहाँको मन्दिर भत्किए पछि वि.सं १९९१ सालमा अन्तिम पटक जुद्धशम्शेरले यो मन्दिरलाई पुनर्निमाण गराएका थिए।वराहक्षेत्रमा लक्ष्मी,पाञ्चायन, गुरूवराह,सुर्यवराह,कोकावराह र नागेश्वर लगागतका नौ वटा मन्दिर र धर्मशाल छन् । त्यहा आजभन्दा करिब १५०० वर्ष अगाडि देखिका मूर्तिहरू पाइएका छन् ।

वि.स. १९९१ मा भारू दुई लाख ५० हजार लागतमा जुद्ध शम्शेरले पुनः निर्माण गरेको कुरा पर्खालमा रहेको शिलालेख बाट प्रष्टिन्छ । चुनसुर्की द्वारा सिङ्ग शैलीमा निर्मित २२ फुट अग्ले गुम्बजाकार वराहको मन्दिरमा १९९० भन्दा पहिला झिंगटीको छानो थियो भने मन्दिर ढुङ्गै ढुङ्गा द्वारा बनाइएको प्यागोडा शैलीको थियो । त्यस पछी ९० सालको भुकम्पले क्षतीग्रस्त पुरानो संरचनालाई नयाँ स्वरूपमा निर्माण गरिएको हो । पुरातत्वविद्‌हरूका अनुसार त्यहाँ अवस्थित कालो मुर्ति ५ हजार वर्ष भन्दा बुढि पुरानो हो भने अन्य मन्दिर हरुमा रहेका मूर्तिहरू नवौं शताब्दिका हुन् ।त्यहाँका मूर्तिहरू‌को वर्णन पौराणिक ग्रन्थहरूमा समेत पाइन्छ।

यसैगरी बुध गुप्तले पनि यस मन्दिरको जीर्णोद्वार गरेका थिए र भिमसेन थापाले कोशीसम्म जाने १५८ वटा सिंढी बनाएको कुरा पनी इतिहासमा पाइन्छ । यहाँ पृथ्वीनारायण शाहले गहना र वीर शमशेरले वि.सं १९४९ मा चढाएको घण्ट पनि छ। बराह क्षेत्रमा कार्तिको हरिबोधनी एकदशीदेखी पुर्णिमा सम्म लाग्ने मेला निकै रमाइलो हुन्छ । यो मेलाले त बराहक्षेत्रलाई धार्मिक पर्यटनको नमुना कै रूपमा प्रस्तुत गरेको छ । इतिहास हेर्दा छैटौं किरात राजा जिते दास्तीको पालामा कार्तिक र माघमा मेला लाग्ने गरेको थाहा हुन्छ।

अरू धार्मिक क्षेत्रको जस्तै वराह‌क्षेत्रको पनि प्रचारप्रसार गर्ने र विकास‌का पूर्वाधार पुर्याउने हो भने यो पनि अरु भन्दा कम हुँदैन थियो होला । स्थानिय सरकारले चाढपर्व र मेलाको बेलामा मात्र बाटो मर्मत गर्ने र धार्मिक पर्यटकिय स्थल हो भनेर उपस्थिती जनाउने गरेको छ । अन्य समयमा कुनै ध्यान दिएको पाइदैन । अहिले चतराबाट गाइघाट हुँदै घुर्मिसम्म आउने बाटो बनेपछि त चतराको चहलपहल अझै धेरै देखिन्छ । यहाँका नदीनाला, पहाड, ताल, कुण्ड, पशुपन्छी, सुन्दर प्रकृति, यहाँको कला, संस्कृति आदि पर्यटकहरुको लागि प्रमुख आकर्षण हो । यहाँका मौलिक्ता झल्कने कुरामा अझ ध्यान दिएर प्रवर्धन गर्न सके वराहक्षेत्र सबैको पहिलो रोजाइमा पर्न सक्छ ।
लेखिएको

सम्बन्धित

ताजा अपडेट
ऐँसेलुखर्कमा १५ शय्या अस्पताल निर्माण गरिँदै
पशुपतिनाथका चारवटै ढोका असार १ गतेदेखि खोलिने
मापसेका नाममा सडकमा ठिंग्याएर राख्नु अधिकारमाथिको हनन् होः रामहरि खतिवडा

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल