Birat Post मंगलबार, जेठ ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,३१ जेठ ।

अर्थमन्त्री जनार्दन शर्मा फेरि विवादमा आएका छन् । पटक पटक विवादित हुँदै आएका शर्माले बजेट बनाउने बेलामा गरेको चलखेलपछि उनी विवादमा आएका हुन् । बजेट निर्माणको अन्तिम दिन अर्थ मन्त्रालयमा अनधिकृत व्यक्तिलाई प्रवेश गराई राजस्वका दर हेरफेर गरेको विषयबारे अन्नपूर्ण पोस्ट दैनिकले सोमबार खुलासा गरेपछि शर्मा थप विवादमा तानिएका हुन् ।

यसअघि पनि पदीय मर्यादा बिर्सेर विभिन्न विवादास्पद काम गरेपछि उनी आलोचित बनिरहेका छन् । अर्थमन्त्री शर्माको विवादका कारण फेरि अर्थ मन्त्रालय बारेमा छलफल नगर्ने भन्दै प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले विरोध गरेको छ ।

अर्थमन्त्रीज्यूको काम क्रियाकलापप्रति विवाद आइरहेका बेलामा अब अर्थमन्त्रीको कार्यक्रममा सहभागी नहुने’ मंगलबार बिहान प्रतिनिधि सभामा नेकपा संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी गराए । त्यसपछि एमालेका सांसदहरु सिटबाट उठेका थिए । आफ्नो ध्यानाकर्षण भएको भनी सभामुख अग्निप्रसाद सापकोटाले भनेसँगै एमालेका सांसदहरु सिटबाट बसेर संसदमा भाग लिएका छन् ।

कार्यक्रममा सहभागीता जनाउँदै नेमकिपाका सांसद प्रेम सुवालले अर्थ मन्त्रालयभित्र बजेटको अघिल्लो रात विदेशी चार्टर्ड एकान्टेन्ट आएको भन्ने जानकारी पाएको भन्दै यसको पूर्ण सूचना नआएसम्म कामकारबाही नै अगाडि बढाउन नमिल्ने बताएका छन् ।

 

सम्बन्धित

ताजा अपडेट
विपिनको रिहाइका लागि परराष्ट्रमन्त्रीले गरिन् इरानका विदेशमन्त्रीसँग फोनवार्ता
सुनसरीको बर्जुमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु
चितवनमा रवि लामिछानेलाई ५४ लाख धरौटीमा रिहा गर्न आदेश

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल