Birat Post शनिबार, आषाढ ११, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर, ११ असार ।
११ औं राष्ट्रिय बहिरा क्रिकेट प्रतियोगिता विराटनगरमा शुरु भएको छ । विराटनगर स्थित वडा नं.१९ को खेलमैदानमा शुरु भएको उद्घाटन खेलमा काठमाडौं बहिरा क्रिकेट संघ र मोरङ बहिरा क्रिकेट संघ सहभागी भएका छन् ।

१४ गते सम्म हुने खेलमा झापा बहिरा क्रिकेट संघ,मोरङ बहिरा क्रिकेट संघ,सुनसरी बहिरा क्रिकेट संघ ,काठमाडौं बहिरा क्रिकेट संघ ,बाके बहिरा क्रिकेट संघ र दाङ बहिरा क्रिकेट संघ गरी ६ वटा टीम सहभागी हुने छन् ।

राष्ट्रिय बहिरा क्रिकेट संघको आयोजना, सामाजिक विकास मन्त्रालय प्रदेश १ को आर्थिक सहयोग र मोरङ बहिरा क्रिकेट संघ विराटनगरको ब्यवस्थापनमा विराटनगरमा प्रतियोगिता भएको हो ।

सामाजिक विकास मन्त्रालय प्रदेश १ का राज्यमन्त्री विष्णु तुम्बाहाम्फे र सचिव दीर्घराज मैनालीले शनिबार एक कार्यक्रमका बीच उद्घाटन खेलको सुभारम्भ गरेका छन् । कार्यक्रमको संयोजन गरिरहेको राष्ट्रिय बहिरा क्रिकेट संघका अध्यक्ष मोहन तिवारीले कार्यक्रम भव्य बनाउन सवैको सहयोग आबश्यक रहने औल्याएका छन् ।

बहिरा दोभाषे सन्तोषी घिमिरेले बहिराहरुले पनि खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तराट्रिय पहिचान बनाउन सक्ने बताइन् । विराटनगरमा भइरहेको बहिरा क्रिकेट हेर्न आउन पनि उनले आम क्रिकेट खेलप्रेमीहरुलाई आग्रह गरेकी छन् ।

सम्बन्धित

ताजा अपडेट
प्याब्सन विराट कपको उपाधि मोर्डन एरालाई
कांग्रेसले प्रजातन्त्र सेनानी संघमा गर्‍यो ९० सदस्य मनोनित, मोरङवाट को-को परे ?
‘जनताको कर, जनतालाई खबर’ भन्ने नीतिलाई आत्मसात गर्दै ललितपुर महानगरपालिका

लोकप्रिय

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर : ९८१२३०६६६०/ ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल