Birat Post सोमबार, आषाढ २७, २०७९ मा प्रकाशित

featured photo: Birat Post

विराटनगर ,२७ असार ।

विराटनगर महानगरपालिकाको न्यायिक समितिले पूर्णता पाएसँगै इजलास सञ्चालनमा आएको छ । शनिबार सम्पन्न १० औं नगर सभाको दोस्रो बैठकले समितिमा दुईजना सदस्य नियुक्त गरेको थियो । नवनियुक्त सदस्यलाई समितिकी संयोजक तथा उपमेयर शिल्पा निराला कार्कीले आज एक समारोहका बीच सफथ ग्रहण गराउनु भएको छ ।

कार्यक्रममा समितिका सदस्य तीर्थेन्द्र नेउपाने र रुपा देउजालाई संयोजक कार्कीले सफथग्रहण गराउनु भएको हो । नेउपाने विराटनगर महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष हुनुहुन्छ भने देउजा विराटनगर ९ की वडा सदस्य हुनुहुन्छ । न्यायिक समितिको संयोजक उपमेयर हुने संवैधानिक व्यवस्था छ । सफथ ग्रहणपश्चात उपमेयर कार्कीले न्याय सम्पादनमा निष्पक्ष भूमिका निर्वाह गर्न नवनियुक्त सदस्यहरुलाई आग्रह गर्नु भएको थियो ।

उहाँले न्यायिक समितिमा महानगरवासीले दिएका उजुरीलाई छिटो र छरितो रुपमा सम्पादन गर्दै जाने बताउनुभयो । त्यसैगरी नवनियुक्त समितिका सदस्य नेउपानेले विगतको अनुभवलाई समेत आत्मसाथ गर्दै निष्पक्ष र तटस्थ ढंगले न्याय सम्पादन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । सदस्यहरुको सफथग्रहणसँगै सोमबारदेखि महानगरपालिकाको न्यायिक इजलास पनि सुरु भएको छ । हप्तामा दुई दिन सोमबार र बुधबार न्यायिक इजलास सञ्चालन हुनेछ । समितिमा विशेष गरी अंश, जग्गाको सीमाना, छाडा चौपाया, कुटपिट, गालीबेइज्जती, फोहोरमैलालगायतका उजुरीहरु बढी दर्ता हुने गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
रोटरी क्लवअफ विराटनगर सेन्ट्रलद्धारा टंकीसिनवारीमा रक्तदान कार्यक्रम
मोरङको टंकिसिनवारीमा एक दिवसीय योग,ध्यान,साधना तथा हिप्नोसिस कार्यक्रम,स्वामी डा.विकाशानन्द सहभागी
मुख्यमन्त्री यादवले आन्दोलनरत दललाई वार्तामा बोलाए

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल