Birat Post बिहिबार, आषाढ ३०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

हरेक सवारी साधन धनीले कुन समयमा सवारी साधनको कर तिर्ने भन्ने कुरा थाहा पाउनु आवश्यक छ । कतिपय मानिसहरु आफुसँग भएको सवारी साधनको कर कहिले तिर्नु पर्ने थाहा नभएकाले पनि हरेक बर्ष जरिवाना तिर्न वाध्य हुन्छन् । सवै सवारी साधनको ब्लुबुक ९सवारीको विस्तृत विवरणको सुरुको पेजमा सवारी दर्ता मिति लेखिएको हुन्छ । सोही मिति अनुसार नै हरेक बर्ष नवीकरण मिति कायम गरिन्छ । दर्ता मितिमा जुन महिना उल्लेख गरिएको हुन्छ, हरेक बर्षको त्यही महिनामा नवीकरण गर्नुपर्ने हुन्छ ।

ब्लुबुकमा पछिल्लो पेजमा सवारी नवीकरण मिति हुन्छ, जसमा जाँचेको मिति र म्याद पुग्ने मिति हुन्छ । मानिसहरुले कर तिर्दा म्याद पुगेको मितिको ९० दिन भित्र कर तिर्दा जरिवाना तिर्नु पर्दैन । तर त्यो मिति आर्थिक बर्षको चैत्रदेखि असार मसान्त सम्मको मितिलाइ मान्य हुने छैन ।

उदाहरणको लागि कुनै सवारी साधनको भाद्र महिनामा म्याद सकिन्छ भने त्यो सवारी साधनको कर मंसीर महिनासम्म तिर्न पाइन्छ । तर कसैको चैत्रमा म्याद सकिने मिति छ भने यो अवस्थामा ९० दिन थप पाइदैन । यदि कसैको बैशाख, जेष्ठ र असारमा म्याद सकिने मिति रहेको छ भने ९० दिन थप पाइने त कुरै छोडौ त्यो महिनासम्म पनि म्याद पाइदैन ।

कुन सवारी साधनको वार्षिक कर कति ? कहिले सम्म तिर्दा जरिवाना लाग्दैन ?

इम्बोस्ड नम्बर लिए पनि पुरानै कागजात बोक्नुपर्ने 

तपाईको बाइक वा कारको कर तिर्न बाँकी छ रु कहिले सम्म तिर्दा कति जरिवाना लाग्छ ? बैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको चैत्र महिनामा नै कर तिर्नु पर्छ । नत्र नियम अनुसार जरिवाना लाग्नेछ ।

यदि ९० दिन कर तिर्न थप समय हुने सवारी साधनको ९० दिन काटेको ३० दिनसम्म पनि कर नतिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक बर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।

बैशाख, जेष्ठ र असारमा म्याद सकिने सवारी साधनको कर पनि चैत्र सम्म नतिरि बैशाखमा तिरेमा सवारी करको १० प्रतिशत थप जरिवाना लाग्नेछ । ३० दिन कटेपछि ४५ दिनसम्म पनि नतिरे १५ प्रतिशत र ४५ दिन कटेपछि २० प्रतिशत जरिवाना लाग्ने छ । यदि त्यो आर्थिक बर्ष नै कटेमा ३२ प्रतिशत जरिवाना लाग्नेछ ।

कतिपय सवारी चालकहरुले कर कहिले सम्मको तिरेको हो पनि बुझेका हुदैनन् । ब्लुबुकको अन्तिम पेज ,कैफियत मा हेरेर मात्रै कुन कुन बर्षको तिर्नुपर्ने हो थाहा पाउन सकिन्छ ।
(नेपाल अटो)

सम्बन्धित

ताजा अपडेट
हाल देशभर मनसुनी वायुको प्रभाव,कहाँ-कहाँ छ भारी वर्षा ?
प्रदुषणले बसिनसक्नु बनाएको भन्दै अशोक मुरारकाको श्रीराम रिफाइन फ्याक्ट्री अगाडि स्थानियको विरोध प्रदर्शन
कांग्रेस केन्द्रीय सदस्य भीम पराजुलीले उठाए मोटरसाइकलमा कर छुट देखि हिन्दु राष्ट्र सम्मका कुरा

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल