Birat Post शुक्रबार, आषाढ ३१, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,३१ असार ।

सर्वोच्च अदालतले आईजीपी नियुक्ति विरुद्धको सबै रिट खारेज गरेको छ । नेपाल प्रहरीको आईजीपीमा धिरज प्रताप सिंहलाई गरिएको नियुक्त कानूनसम्मत नभएको भनी एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज गरेको हो । धीरज प्रताप सिंहलाई नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) बनाउने सरकारको निर्णयविरुद्ध दायर भएको रिट सर्वोच्च अदालतले खारेज गरिदिएपछि उनी पूर्ण रुपमा आईजीपी भएका छन् ।

कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको शुक्रबारको संयुक्त इजलासले सिंहलाई आईजी बनाउने सरकारको निर्णयविरुद्ध प्रहरी अतिरिक्त महानिरीक्षक एआईजी विश्वराज पोखरेलले दायर गरेको रिट खारेज हुने फैसला सुनाएको हो । शुक्रबार रिट निवेदक पक्षका कानुन व्यवसायीले जबाफी बहस सकेपछि सर्वोच्चले सरकारकी निर्णय सदर हुनेगरी रिट खारेज हुने फैसला सुनाएको हो ।

वरिष्ठता मिचेर १६ महिना जुनियरलाई आईजीपी बनाउने सरकारको निर्णय बदरको मागसहित सिनियर एआईजी विश्वराज पोखरेलले गत वैशाख १९ गते सर्वोच्चमा मुद्धा दायर गरेका थिए ।मुद्दा दायर गरेपछि उनी काममा फर्किएका छैनन् । उनको रिट खारेज भएपछि उनले राजीनामा दिने सम्भावना रहेको छ । पोखरेलको कार्यकाल एक महिनामात्र बाँकी छ ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल