Birat Post बुधबार, साउन ०४, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं ,४ साउन ।

करका दर हेरफेर गर्न बजेट निर्माणको प्रक्रियामा अनधिकृत व्यक्तिलाई सहभागी गराएको आरोपमा सत्यतथ्य छानबिन गर्न गठन गरिएको संसदीय विशेष समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मालाई बयानका लागि बोलाउने भएको छ ।

समितिको मंगलबार बसेको बैठकले शर्मालाई बयानका लागि बोलाउने निर्णय गरेको हो । समितिले समय भए आज र समय नभए भोलिसम्ममा बयान लिइसक्ने पनि जनाएको छ । संसदमा निरन्तर शर्माको गतिविधिप्रति आपत्ति जनाउँदै प्रमुख प्रतिपक्षसहित सत्तारुढ दलका सांसदहरुलेसमेत शर्माको राजीनामा मागेपछि उनी अन्तिम समयमा राजीनामा दिन वाध्य भएका थिए ।

तर अर्थ मन्त्रालयको गत जेठ १४ गते रातिको सीसीटीभी फुटेज भने डिलेट गरिसकेको आरोपसमेत लागेको छ । सीसीटीभी फुटेज रिकभरका लागि नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालाको सहयोग लिने निर्णय भएको छ ।बजेट निर्माणको क्रममा जेठ १४ गते अनधिकृत व्यक्तिको प्रवेश गराएर करको दर हेरफेर गरेको विषय बाहिरिएपछि त्यस विषयमा संसदीय समितिले छानबिन गरेको हो ।

गत असार २२ गतेमात्रै सभामुख अग्निप्रसाद सापकोटाले ११ सदस्यीय विशेष समिति बनाएका हुन् । समितिको बैठकले आज पूर्वअर्थसचिव रामेश्वर खनाल, शिशिर ढुंगाना र शान्तराज सुवेदीलाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । त्यसैगरी बजेट निर्माणमा अनधिकृत व्यक्तिको प्रवेशको बारेमा पहिलो पटक समाचार लेख्ने अन्नपूर्ण दैनिकका पत्रकारसहित यस विषयमा समाचार लेखिरहेका अन्य पत्रकारलाई पनि छलफलका लागि बोलाउने निर्णय गरेको छ ।

सम्बन्धित

ताजा अपडेट
शिक्षकहरुमाथी रिसिबी साँध्दै सरकार,आन्दोलनमा सहभागी १५८ शिक्षकको सरूवा
संक्रमणकालीन न्यायसम्बन्धी समानन्तर नागरिक आयोग बनाउने चेतावनी
आज देशका यी स्थानमा चट्याङ्गसहित मध्यम वर्षाको सम्भावना

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल