Birat Post शुक्रबार, साउन १३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमाडौं,१३ साउन ।

सत्तारूढ दल नेपाली कांग्रेसका सांसद डा. डिला संग्रौलाले भविष्यमा पनि नेपाल सैनिक रणनीतिमा संलग्न नहुने विश्वास दिलाउन सरकारसँग माग गरेकी छन् । उनले सैनिक रणनीतिका विषयमा सचेत हुन पनि आवश्यक रहेको औल्याइन् । शुक्रबारको प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले र सन्तुलित असंलग्न परराष्ट्र नीति पञ्चशिलको सिद्धान्तमा आधारित भएको उल्लेख गरिन् ।

उनले परराष्ट्रमन्त्री डा.नारायण खड्का समक्ष भविष्यमा पनि कुनै पनि शक्ति राष्ट्रसँग सैनिक सम्झौता गर्ने छैन भन्ने विश्वास दिलाउन माग गरिन् । नेपालले दक्ष जनशक्तिको रुपमा रहेका नेपाली नर्सहरुलाई बेलायत पठाउन स्विकृती दिनु र नेपालमा भएका नर्सिङ्ग विषय पठनपाठन कलेजहरुले चिकित्सा शिक्षा ऐन २०७५, नियमावली २०७७ ले तोकेको मापदण्ड पुरा गर्न नसकेका कारण आफ्ना कार्यक्रमहरु बन्द गर्नुपरेको भन्दै यसका समस्या पहिचान गरि समस्या समाधान गर्न आग्रह गरिन् । यस्तै एकसय शैय्याको आफ्नै अस्पताल चलाउनु पर्ने भन्ने प्रावधान पनि व्यवहारिक नभएको उनले बताइन् । यसखाले गुनासोको समेत सरकारले सुनुवाई गर्नपर्ने बताइन् ।

सम्बन्धित

ताजा अपडेट
पाकिस्तान बन्यो एसियन ई स्पोर्ट्सको च्याम्पियन
देशको शासन व्यवस्था स्वेच्छाचारितातर्फ उन्मुख भएको पूर्व न्यायाधीशहरुको ठहर
नेपाल नर्सिङ संघ मोरङमा बरिष्ठ नर्सिङ निरिक्षक लजिता योन्जन निर्वाचित

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल