Birat Post शुक्रबार, साउन २०, २०७९ मा प्रकाशित

featured photo: Birat Post

झापा, साउन २० ।

नेपाल रेडक्रस सोसाइटी झापासंग समन्वय गर्दै बाह्रदशी गाउँपालिकाले पालिका भित्रका सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको छ ।

विगत चार वर्षदेखि पालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको बाह्रदशी गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० मा समेत सबै नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने भएको हो । जसका लागि नेपाल रेडक्रस सोसाइटी झापासंग सम्झौता भएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य तथा प्रदेश १ का कोषाध्यक्ष ओमप्रकाश गौतमले जानकारी दिए ।

सम्झौता पत्रमा गाउँपालिकाको तर्फबाट पालिका अध्यक्ष देबिन्द्र प्रसाद चम्लगाई र रेडक्रसका तर्फबाट गौतमले हस्ताक्षर गरेका छन् । गाउँपालिका भित्र रहेका नागरिक मध्ये कसैलाई रगत आबश्यक गरेको खण्डमा नेपाल रेडक्रस सोसाइटी झापाले सञ्चालन गरेका रक्तसञ्चार केन्द्रबाट निःशुल्क रगत उपलब्ध गराउने सम्झौता पत्रमा उल्लेख छ ।

गत वर्षपनि पालिकाले सोही प्रकारको सम्झौता गर्दै गाउँपालिकावासीलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको थियो । जसबाट सबैभन्दा धेरै मृगौलाका रोगीले रगत धेरै प्रयोग गरेको बताइएको छ । गत वर्ष ३५० परिवारका चार सय जनाभन्दा बढी नागरिककले निःशुल्क रगत लिएको बताइएको छ ।

चालू आर्थिक वर्षका लागि समेत गाउँपालिकाले नेपाल रेडक्रस सोसाइटी झापालाई पाँच लाख रुपैयाँ उपलब्ध गराएको छ । सोही रकमबाट बाह्रदशी वासीलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता भएको हो ।

योसंगै भद्रपुर नगरपालिकाले पनि आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउने सम्झौता गरेको छ भने यस अघि झापा गाउँपालिका र मेचीनगर नगरपालिकाले समेत आफ्ना नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउँदै आएको नेपाल रेडक्रस सोसाइटी झापाका सदस्य गौतमले बताए ।

सम्बन्धित

ताजा अपडेट
नागरिक अगुवाद्धारा पूर्व राजा ज्ञानेन्द्र शाहमाथी गम्भिर आरोप, खण्डन गर्दै राजावादीले भने ‘देश रहे राजा रहने हो’
‘हेलो सरकार’ ह्याक गरेको रुसी ह्याकरको दाबी
आफु विरुद्ध माओवादीले फेक च्याट प्रयोग गरेको ज्ञानेन्द्र शाहीको आरोप

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

सञ्चालक तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल