Birat Post बिहिबार, कार्तिक ०३, २०७९ मा प्रकाशित

featured photo: Birat Post

काठमान्डौं,३ कार्तिक ।

निर्वाचन आयोगले ४० जिल्लाको मत्रपत्र छपाइ सम्पन्न गरेको छ । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनअन्तर्गत पहिलो हुने निर्वाचित प्रणालीतर्फ बुधबारसम्म ४० जिल्लाको १ करोड ५४ लाख ३४ हजार ५ सय मतपत्र छपाइ सम्पन्न गरेको निर्वाचन आयोगले जनाएको छ । आयोगले हालसम्म कर्णाली र सुदूरपश्चिमका सबै जिल्लाको मतपत्र छपाइ सम्पन्न गरीसकेको छ । यस्तै लुम्बिनी प्रदेशको रुपन्देही र गण्डकीको पर्वतबाहेक अन्य सबै जिल्लाको मतपत्र छापिसकिएको छ । यी दुई जिल्लाको मतपत्र आजदेखि छाप्न सुरु गरिएको आयोगका सहप्रवत्ता ऋषिराम भुसालले जानकारी दिए ।

आयोगले भक्तपुरस्थित जनक शिक्षा सामग्री केन्द्र लिमिटेडमा मतपत्र छपाइ गरिरहेको छ । यस्तै, आयोगले आजदेखि समानुपातिक तर्फको दोस्रो चरणको मतपत्र ढुवानी थालेको छ । पहिलो चरणअन्तर्गत प्रदेश– १, मधेश प्रदेश र बागमती प्रदेशका लागि मतपत्र ढुवानी भइसकेको छ । समानुपातिक निर्वाचन प्रणालीअन्तर्गत प्रतिनिधिसभातर्फ देशभरका लागि कुल २ करोड ४ लाख २१ हजार र प्रदेश सभातर्फ २ करोड १ लाख ८४ हजार मतपत्र यसअघि नै छपाइ भइसकेको छ । यसबाहेक निर्वाचन आयोगले निर्वाचन शिक्षाका लागि २२ लाख ४० हजार नमुना मतपत्र छापेर यसअघि नै जिल्ला जिल्लामा पठाइसकेको छ ।

सम्बन्धित

ताजा अपडेट
विराटनगरको श्री हस्पिटल विवाद : हस्पिटल प्रशासनले भन्यो “हामीमाथि अन्याय भयो ,अदालत जान्छौं”
कोभिड–१९ को सङ्क्रमण बढ्दै, एक हप्तामा ३५ जनामा कोरोना संक्रमण
नेपालले चाहेर पनि भारु ५०० भन्दा माथिका नोट चलाउनसक्ने अवस्था छैनः अर्थमन्त्री पौडेल

सम्पर्क

 

 

 

विराटपोष्ट डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल

कम्पनी दर्ता प्रमाणपत्र नं.:२२७८४३/०७६/०७७
स्थायी लेखा नं.:६०९६५५९५५

सूचना तथा प्रसारण विभाग दर्ता नं:१६६५/०७६/०७७
Email: [email protected] 

सामाजिक संजाल

अध्यक्ष  तथा सम्पादक

कौशल निरौला

 सम्पादन मण्डल 

रोशिका अधिकारी

स्वस्तिका पाेखरेल

  निर्देशक

सुजन निरौला

काठमान्डौं व्यूरो
   सम्पादक
विनोद पोखरेल

बिज्ञापनका लागि :

विराटनगर :९७०५५१५५९९ / ९८५२०८७८२०
काठमान्डौं : यादव पोखरेल –  ९८४२०५९१२९

[email protected]

विराटपोष्ट  डिजिटल प्रा.लि.

विराटनगर – मोरङ ,नेपाल